गजल
- श्रावण २९, २०८३
होइन यो कस्तो तन्त्र
भन्ने बेला लोकतन्त्र
तर त्यस्तो अझै देखिएन
सायद होला लुटतन्त्र ।
यस्तोमा सरकार भने मख्ख
जनताको चिन्तै छैन
आफू बने भइगयो
देशै बन्नु किन ।
अब यदि यस्तै भए
कसले नै के भन्ने
सानालाई दुःखै दुःख हुने
ठुलालाई भने चैन ।
यस्तो देखेर भन्न थाले
पहिल्यै ठीक थियो कि
केही त थियो क्यार राम्रो
अहिले त केही न केही ।
बरु मन वचन कर्मैको
थियो नै लाग्छ सुरुकै
अहिले भयो तातो न भुत्लो
देसै नहाँक्नेको अखडा ।
त्यसैले बुझौँ पुरानै राम्रो
अलिकति थियो शान्ति
तर अहिले अराजकतै बढ्यो
थेग्नै नसकिने गरी ।
Leave a Reply