भर्खरै :

चीन र संरा अमेरिकाबीचको उर्जा सम्बन्ध

फु चिङ
१९ मेको दिन चीन र संरा अमेरिकाबीच आपसमा कुनै व्यापार युद्ध नहुने सहमति भएको छ । चीनसँग संरा अमेरिकी व्यापार घाटा कम गर्न आवश्यक कदम चाल्ने उनीहरुबीच एक मत भएको हो । चीनले ठूलो मात्रामा संरा अमेरिकी उत्पादन खरीद गरेर व्यापार घाटा कम गर्न दुवै देश राजी भएका हुन् । १९ मेमा सम्पन्न चीन–संरा अमेरिका व्यापार वार्ता सकेर जारी भएको संयुक्त वक्तव्यमा कृषि र उर्जा उत्पादनको क्षेत्रमा ‘अर्थपूर्ण वृद्धि’ गर्न र उत्पादित वस्तु र सेवामा द्विपक्षीय व्यापार वृद्धि गर्न थप बल गर्ने लेखिएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रहरुबीच भएको सहमतिले बाँकी विश्वलाई राहत दिएको छ ।
संरा अमेरिकी कृषि तथा उर्जा उत्पादन किन्ने चीनको निर्णय दुवै पक्षलाई फाइदा हुने सिद्धान्त (द प्रिन्सिपल अफ वीन–वीन बेनिफिट) सम्मत छ । चीनले सुपथ मूल्यमा संरा अमेरिकाले नियमित रुपमा इन्धन आयात गरिरहे अधिकांश प्रमुख औद्योगिक देशहरुसँग चीनको उर्जा मूल्यको असमानता निर्मूलन गर्न नसके कम्तीमा कम गर्न सक्नेछ । त्यसो गर्दा चीनले आफ्नो उत्पादन लागत बढ्ने एउटा प्रमुख कारणमा नियन्त्रण गर्न सक्छ र विश्व बजारमा उर्जा क्षेत्रको प्रतिस्पर्धाको कुप्रभावबाट जोगिन सक्छ ।
तेल र ग्यासको एक प्रमुख उत्पादक भएको नाताले यो निर्णयबाट संरा अमेरिकाले लाभान्वित हुनसक्छ । आफ्नो बढ्दो इन्धन उत्पादनको लागि उसले एउटा स्थायी आयातकर्ता देश पाउनेछ ।
सन् २०१७ मा चीनले अप्रशोधित इन्धन अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले बढी आयात ग¥यो । कुल झण्डै ४२ करोड मेट्रिक टन अप्रशोधित तेल चीनले आयात ग¥यो । चीनभित्र उत्पादन हुने कुल इन्धनभन्दा त्यो २.२ गुणाले बढी हो । चीनले त्यही साल अघिल्लो वर्षको तुलनामा २६.९ प्रतिशत बढी ९५ अर्ब ३० करोड क्युबिक मिटर प्राकृतिक ग्यास आयात ग¥यो । यो तथ्याङ्कले संसारको सबभन्दा ठूलो ग्यास आयातकर्ता जापानलाई सजिलै उछिन्न सक्ने देखाएको छ ।
चीन संसारकै सबभन्दा ठूलो तेल र ग्यास आयातकर्ता देश भइसकेको अवस्थामा चीनले संरा अमेरिकासँग तेल र ग्यास बढी आयात गर्दा कतै यसले चीनको उर्जा सुरक्षालाई गौण बनाउने त होइन भनी धेरैले जिज्ञासा राख्दैछन् ।
तर त्यसो हुनेछैन । बरु संरा अमेरिकाबाट तेल र ग्यासको बढ्दो आयातले चीनको उर्जा सुरक्षा विशेषतः प्राकृतिक ग्यासलाई प्रबद्र्धन गर्न सहयोग गर्नेछ ।
उर्जा व्यापार क्षेत्रमा वार्तामा आफ्नो स्थान बलियो पार्न चीनले विभिन्न इन्धन निर्यातकर्ताहरु सम्पर्क बढाउनुपर्दछ र आयात माध्यमहरुमा विविधता ल्याउनुपर्दछ । बिस्तारित पानामा नहर सञ्चालनमा आएको दुई वर्ष भइसकेको अवस्थामा चीन र पूर्वी एसियाका अरु देशहरुमा प्रतिस्पर्धी मूल्यमा इन्धन बेच्न संरा अमेरिकालाई सहज भएको छ । संरा अमेरिकाबाट ग्यास आयात बढेसँगै चीनसहित पूर्वी एसियाली बजारमा ग्यासको मूल्य घट्नेछ । त्यसले संरा अमेरिकी घरेलु बजारको ज्यादै न्यून मूल्यलाई सँगसँगै बढाउनेछ ।
त्यसका साथै, उर्जाको मूल्यमा चीन र संरा अमेरिकाबीचको दुरी कम गर्न सके चीनको उत्पादन क्षेत्रमा उर्जा लागतको बेफाइदा निर्मूलन गर्न नसके पनि कम भने गर्न सकिन्छ । त्यसो गर्दा तेल, ग्यास र अन्य कच्चा पदार्थ सस्तो दरमा पाइने भएकाले आफ्नो कारखाना संरा अमेरिकामा सार्ने चिनियाँ कम्पनीहरुलाई पनि रोक्न सकिन्छ ।
चीनमा संरा अमेरिकी तेल र ग्यासको आयातले संरा अमेरिकी हितलाई धेरैले दाबी गरेजस्तै दखल पु¥याउनेछैन किनभने चीन र संरा अमेरिकाबीचको तेल र ग्यास व्यापार हरेक हिसाबले दुई पक्षलाई फाइदा गर्ने व्यापार हो । वास्तवमा यसले संरा अमेरिकालाई नै ज्यादा फाइदा गर्दछ । उदाहरणको लागि चीनलाई बढी भन्दा बढी इन्धन निर्यात गरेर संरा अमेरिकाले बढी निर्यात राजस्व उठाउन सक्छ । संरा अमेरिकाका पूर्व अर्थ सचिव लरेन्स समर्सले चिनियाँ बजारमा संरा अमेरिका तेल र ग्यासको सबभन्दा ठूलो आपूर्तिकर्ता बन्न नसके संरा अमेरिकी तेल र ग्यास निर्यात नै कमजोर देखापर्ने बताए ।
चीनमा बिस्तारित निर्यातका कारण बढ्दो संरा अमेरिकी तेल र ग्यास उत्पादनले संरा अमेरिकाको बृहत् स्थायी पूँजीगत लगानी लागतलाई अझ समान वितरण गर्न सहयोग गर्नेछ । फलतः स्थायी पूँजीगत लगानी लागतको औसत दर घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र नाफालाई बढाउन सकिन्छ । तेल र ग्यास जस्ता पूँजीकेन्द्रित उद्योगहरुको लागि त्यो ज्यादै महत्वपूर्ण हो ।
संरा अमेरिकामा तेल र ग्यासको ज्यादै न्यून मूल्यले उत्पादकहरुलाई आफ्नो उत्पादन धान्न निकै गाह«ो बनाउँछ । त्यसले अन्ततः संरा अमेरिकी ‘उर्जा आत्मनिर्भरता’ रणनीति विफल बनाउनेछ । चीनमा बढ्दो निर्यातसँगै तुलनात्मक रुपमा बढ्ने तेल र ग्यासको मूल्यले संरा अमेरिकी तेल र ग्यास उद्योगलाई आर्थिक रुपमा उत्पादन धान्न सक्नेछ बनाउनेछ ।
लेखक चिनियाँ विदेशमन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार तथा अर्थतन्त्र सहकार्य प्रतिष्ठानका अध्येता हुन् ।
चाइना डेली मे २३ २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *