जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४३
- असार १९, २०८३
हेटौडा, १८ असार । वाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल मङ्गलबार सुरु भयो । आर्थिक मामिलामन्त्री प्रभात तामाङद्वारा प्रस्तुत बजेट वक्तव्यमाथि बुधबार छलफल भएको हो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगत ८–९ वर्षदेखि नेमकिपाले हरेक सरकारलाई रचनात्मक सुझाव दिँदै शिक्षा, स्वास्थ्य, कृषि, संस्कृति–सम्पदा तथा रोजगारी वृद्धिमा विशेष जोड दिनुपर्ने विचार राख्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेशप्रति जनताका धेरै गुनासा छन् । प्रदेशले आफ्नै खुट्टाले टेक्ने प्रयास गरेको खोइ ? प्रदेश सरकारले आम्दानी बढाउन आयका स्रोतको पहिचान गर्ने तथा बढाउने काम गर्न किन सकेन ? आत्मनिर्भर नबनेसम्म प्रदेशप्रति जनविश्वास बढ्ने छैन ।”
प्रदेश सांसद गोसाईले सन्तुलित विकास तथा अधिकार र सेवाको विकेन्द्रीकरण सङ्घीयताको मूल मर्म भएको चर्चा गर्दै बजेटको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने धारणा राख्नुभयो । हालसम्मको कुनै पनि बजेटको कार्यान्वयन पक्ष र परिणाम अत्यन्त कमजोर रहेको उहाँले चर्चा गर्नुभयो ।
प्रदेश सांसद गोसाईले गरिबी उन्मूलनसम्बन्धी चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव अत्यन्त प्रेरणादायी हुने चर्चा गर्दै चिकपाको १०५ औँ स्थापना दिवसको शुभकामना दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले सर्वसाधारण नेपाली जनताको अवस्था अत्यन्त कमजोर रहेको चर्चा गर्दै बजेट जनमुखी बन्न नसकेको प्रस्ट पार्नुभयो ।
आर्थिक मामिलामन्त्री प्रभात तामाङले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुभयो । बुधबार नै मन्त्री तामाङले विनियोजन विधेयक पेस गर्नुभयो । त्यसमाथिको छलफल बिहीबार प्रारम्भ हुनेछ । बजेटमाथि छलफल भइरहँदा नेपाली काङ्ग्रेसभित्रको बहादुर सिं लामाको गुटले बहिष्कार गरेको व्यापक चर्चा छ ।
Leave a Reply