सिद्धि गणेश सहकारीद्वारा संस्थापकहरूको भेला
- आश्विन ३०, २०८३
भक्तपुर, ३० असोज । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ८ वडा समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेमकिपाले देश र जनताको निःस्वार्थ भावनाले सेवा गर्दै आएको बताउनुभयो ।
नेमकिपाका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दै आएको चर्चा गर्दै उहाँले पार्टीको सिद्धान्तअनुसार भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ ललगायत शैक्षिक संस्था स्थापना गरी भक्तपुर नगरको मात्र नभई देशकै शैक्षिक क्षेत्रमा योगदान पु¥याएको र ख्वप अस्पतालले देशका विभिन्न जिल्लाबाट आएका बिरामीलाई समेत उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा विभिन्न समस्या र चुनौती थपिँदै गएको चर्चा गर्दै उहाँले वातावरण संरक्षणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले वर्तमान सरकार पुँजीवादी सरकार भएकाले जनताबिच विभेद कायम रहेको बताउनुभयो ।
सरकारले ल्याउन लागेको शिक्षा नियमावलीमा रहेका विभेदपूर्ण प्रावधानको विरोध गर्दै उहाँले शिक्षा क्षेत्रमा समान अवसर र न्याय सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव सन्तराम दुलालले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply