भर्खरै :

कामदार महिलाले सम्झे माक्र्स

भक्तपुर, २१ जेठ । ‘एक्काइसौं शताब्दीको समाजमा अन्धविश्वास लागू हुँदैन, टोल टोलमा महिलाहरूको माक्र्सवादी अध्ययन गोष्ठी सञ्चालन गर्नु आवश्यक छ ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुरले आयोजना गरेको विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘माक्र्स–एंगेल्सको सङ्क्षिप्त जीवनी’ पुस्तकको अध्ययन गोष्ठीसहित मनाइएको उक्त कार्यक्रममा सचिव सुवालले परिवार विकाससँगै निजी सम्पत्तिको उदय र राज्यको उत्पत्ति भएको विषय एंगेल्सले आफ्नो पुस्तकमा राम्रोसँग उल्लेख गर्नुभएको चर्चा गर्नुभयो ।
उहाँले माक्र्स–एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा कामदार वर्गको मुक्तिका सिद्धान्तहरू समाजवाद र साम्यवाद नै भएको उल्लेख गर्नुभएको चर्चा गर्दै महिलाहरूले माक्र्सवादी सिद्धान्त र साहित्यबारे पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले वर्गीय समाजमा पुँजीपति वर्गका महिलाले पनि शोषणको भाग खाने हुनाले राजनीतिक अधिकारप्रति रूची नहुने तर कामदार वर्गका महिलालाई राजनीतिक रूपले सचेत र स·ठित हुन नदिने उद्देश्यले प्रतिशतको आधारमा ठाउँ ओगट्नमा केन्द्रित रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले माक्र्स र एंगेल्सको विचार मिलेकोले सर्वहारा वर्गलाई शोषणबाट मुक्ति दिलाउने कम्युनिष्ट घोषणापत्रको निर्माण गर्नुभएको चर्चा गर्नुभयो ।
कार्यक्रममा ग·ा वैद्य, प्रेमलक्ष्मी त्वायना, जसतारा कोजू, मञ्जू लाखा, मीरा दुगुजूले माक्र्स र एंगेल्सको जीवनीबारे बोल्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष कमलमैया सुवालको सभापतित्वमा भएको कार्यक्रममा सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *