नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
–युआन शेङक्वाओ
हालै जारी भएको एक वक्तव्यअनुसार चीन र संरा अमेरिकाबीच व्यापार र लगानी प्रबद्र्धन गर्न बौद्धिक सम्पत्ति संरक्षणमा सहकार्य गर्न सहमति भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच आपसमा व्यापार युद्ध नगर्न भएको सहमति भएपश्चात गएको मे १९ मा त्यस्तो आशयको वक्तव्य जारी भएको थियो । वक्तव्यमा प्याटेन्ट कानुनलगायत सम्बन्धित कानुन र नियममा आवश्यक परिमार्जन गर्ने उल्लेख छ ।
‘‘संयुक्त वक्तव्यमा बौद्धिक सम्पत्ति संरक्षण र पूँजी बजार बिस्तारको लागि भएको सहमति चीनको सुधार र खुलापनाको व्यापक लक्ष्यप्रति लक्षित छ ।’,चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध केन्द्रका अध्येता झाङ मोनानले बेइजिङ बिजिनेश टुडेलाई भने ।
ृउनले भने,‘संरा अमेरिकाले मागेको हुनाले मात्र यस्तो सहमति हुनुको कारण होइन बरु हाम्रो आर्थिक रुपान्तरणलाई उच्च गुणस्तरीय वृद्धिको लागि हामीले यस्ता संचरनागत समस्याको समाधान गर्नपर्दछ ।’
चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गत चिनियाँ अन्तर्राष्ट्रिय व्यापार र आर्थिक सहकार्य प्रतिष्ठान, क्षेत्रीय आर्थिक अनुसन्धान केन्द्रका निर्देशक झाङ च्याङपिङले उक्त वक्तव्यले चीनमा बौद्धिक सम्पत्ति संरक्षणबारे संरा अमेरिकी चासो प्रतिविम्बित भएको बताए ।
‘धेरै सङ्ख्यामा संरा अमेरिकी कम्पनीहरुले चीनमा लगानी गरेका छन् र चीनको कानुनी प्रणालीमा रहेर ती उद्योगहरु सञ्चालनमा छन् ।’, झाङ च्याङपिङले भने । ‘त्यसकारण संरा अमेरिकाले चीनबाट बौद्धिक सम्पत्तिसम्बन्धि कानुन र कार्यान्वयन तथा व्यापार संरक्षणमा समर्थन गर्ने नीतिमा सुधार हुने आशा गरेको छ ।’
‘चीनले हालैका वर्षहरुमा बौद्धिक सम्पत्ति रक्षाको लागि पछिल्लो प्रशासनिक सुधारलगायत उल्लेखनीय सुधारहरु गरेको छ ।’, क्रोन एण्ड राइट्स ल फर्मसम्बद्ध बौद्धिक सम्पत्तिविद् झु लिसिनलाई उद्र्धत गर्दै बेइजिङ बिजिनेश टुडेमा लेखिएको छ ।
पहिले प्याटेन्ट मामलासम्बन्धि जिम्मेवारीमा मात्र रहेको बौद्धिक सम्पत्ति कार्यालयले अहिले ट्रेड मार्क र प्याटेन्ट दिने र पुनरावलोकन गर्ने काम गर्दछ ।
साथै चीनभरिका अदालतहरुले बौद्धिक सम्पत्ति चोरीसम्बन्धि मुद्दाहरुमा एक करोड युआनसम्म सीमित रहेको क्षतिपूर्तिलाई बढाउन खोजिरहेका छन् ।’, झुले भने ।
उनले ट्रेडमार्क दिने, त्यससम्बन्धि प्रक्रिया पुरा गर्ने समय र खर्चबारे सरकारले उपयुक्त नीति अंगिकार गर्ने आशा व्यक्त गरे । पहिले ८०० देखि १००० युआनसम्म पर्ने ट्रेडमार्क दर्ता खर्च अब ३०० युआन (५० अमेरिकी डलर)मा घटेको छ । त्यसको खर्च अझ घटाउन सकिने अरु पनि सम्भावनाहरु छन् ।
संयुक्त वक्तव्यमा चीनले संरा अमेरिकाबाट अरु पनि सेवाहरु खरिद गर्ने र सेवा क्षेत्रमा व्यापार बढाउन अवसर सृजना गर्ने उल्लेख छ ।
बेइजिङको अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय लगानी अनुसन्धान केन्द्रका निर्देशक लु चिङयोङले संरा अमेरिका शिक्षा, पर्यटन, वित्त, बिमा र कम्प्युटरजस्ता सेवा क्षेत्रमा चीनको सबभन्दा ठूलो निर्यातकर्ता भएको बताए ।
‘संरा अमेरिकी निर्यात प्रविधि निर्देशित, पूँजीनिर्देशित र बौद्धिकता निर्देशित उदयीमान क्षेत्रहरुमा केन्द्रित छ ।’, ले भने ।
त्यसभन्दा फरक, संरा अमेरिकामा चिनियाँ निर्यात मुलतः पर्यटन र शिक्षाजस्ता परम्परागत क्षेत्रहरुमा सीमित छन् । पछिल्ला वर्षहरुमा विज्ञान प्रविधि र वित्तीय क्षेत्रसम्बन्धि प्रविधि निर्देशित सेवा क्षेत्रहरुमा पनि चीनको निर्यात वृद्धि भइरहेको तथ्याङ्कहरुले देखाएको छ ।
चीनले सेवा क्षेत्रहरुमा पनि खुलापनलाई बिस्तार गरिरहेको लुले जानकारी दिए । उनले दुई पक्षबीच नयाँ सहमति भए नयाँ व्यापारका सम्भावनाहरु खोज्न आन्तरिक सेवादायकहरुलाई अघि बढ्न सजिलो बनाउनेछ जसले चीनको सेवा उद्योगमा प्रतिस्पर्धा, गुणस्तर र अनुसन्धान बढाउँदै लानेछ ।
स्रोतः चाइना डेली मे २४ २०१८
अनुवादः शुसिला
Leave a Reply