क्युवाको आर्थिक सुधार र समाजवादी नवीकरणको सम्भावना
- असार २१, २०८३
सन् १९९० फेब्रुअरी २ मा दक्षिण अफ्रिकी राष्ट्रपति डे क्लार्क (De Klerk) ले स्वतन्त्रता आन्दोलनमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरे । सन् १९८० को दशकको उत्तराद्र्धमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस एउटा सम्पन्न सङ्गठन बनिसकेको थियो । तथापि पाङ्गो र क्वाट्रोे शिविरको विद्रोहले मुक्ति आन्दोलनभित्रका नालीबेली छताछुल्ल पारेको थियो । युनिटासँगको लडाइँमा लडे पनि आफ्नै देशभित्र लड्न नपाएको थकथकी थियो नै । उनीहरू जोहान्सबर्ग र केपटाउनका सडकहरूमा आमनेसामने लड्न चाहन्थे र रङ्गभेद अन्त्य गर्ने क्रान्तिकारी सपना पूरा नहुँदै विदेशी भूमिमै उमेर ढल्केकोमा पनि पछुताउँथे ।
क्रिस हानी दक्षिण अफ्रिकी योद्धाहरूलाई अङ्गोलाको क्रान्तिमा मात्र खटाउने विचारसँग सहमत थिएनन् । तर, काङ्ग्रेस सभापति टाम्बोको सामोरा मशेल र फ्रिलिमोसँग नजिकको सम्बन्ध थियो । उनी क्षेत्रीय एकताबद्ध सङ्घर्षमा जोड दिन्थे । उनी अन्तर्राष्ट्रवादी विचारका थिए ।
स्वतन्त्रता सङ्घर्षमाथिको प्रतिबन्ध फुकुवा भएसँगै नेल्सन मन्डेलालाई पनि रोबेन टापु कारागारबाट मुक्त गरियो । यसअघि सन् १९८९ अक्टोबरमा गोभान एम्बेकी, वाल्टर सिलुलुलगायत काङ्ग्रेसका नेताहरूलाई पनि रोबेन टापु कारागारबाट मुक्त गरिएको थियो । प्रवासिएका नेता–कार्यकर्ता र जनता क्रमशः स्वदेश फर्किँदै थिए । क्लार्कको घोषणाअघि लन्डनमा स्वतन्त्रता आन्दोलनकारी र गोरा शासकहरू (तीमध्ये प्रायशः व्यापारीहरू थिए) बिच वार्ता भएको थियो । त्यसैलाई आधार मानेर काङ्ग्रेसका उच्चपदस्थ पदाधिकारीबिच केही परिवर्तनको चर्चा चलेको थियो । लन्डन वार्तामा काङ्ग्रेसको तर्फबाट थाबो एम्बेकीले नेतृत्व गरेका थिए ।
राष्ट्रपति क्लार्कले दक्षिण अफ्रिकी संसद्मा भने, “सम्पूर्ण जनताका प्रतिनिधि नेताहरूबिच सहमतिबाट मात्र दिगो शान्ति दिन सक्छ भन्नेमा अफ्रिकाका व्यापक जनताको एकमत बन्न थालेको छ ।” फौजदारी अभियोग खेपेका आन्दोलनकारीबाहेक सम्पूर्ण राजबन्दीहरूलाई रिहा गरियो । स्वीडेनमा टाम्बोले निर्णयको सावधानीपूर्वक स्वागत गर्दै दक्षिण अफ्रिकामा रङ्गभेद प्रणाली पूर्णरूपमा ध्वस्त नभएसम्म दक्षिण अफ्रिकामाथि दिइँदै आएको दबाब चालु राख्न आग्रह गरे । काङ्ग्रेस केन्द्रीय कार्यसमिति र रिहा भएका नेताहरूबिच स्टकहोममा आकस्मिक बैठक बस्यो । आगामी राजनीतिक मार्गचित्र कोर्नु नै त्यो बैठकको पहिलो उद्देश्य थियो ।
सन् १९९० फेब्रुअरी ११ को दिन नेल्सन मन्डेला जेलमुक्त भए । मे महिनामा उदारपन्थी राजनीतिकर्मी फ्रेडरिक भान जेल स्लाबर्टलगायत रङ्गभेदी सरकारका सुरक्षा प्रमुखहरू अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वसँग भेट्न लुसाका पुगे । उनीहरू दक्षिण अफ्रिकालाई प्रजातान्त्रिक दिशामा डो¥याउन मेलमिलाप र सहमतिको विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए ।
क्रिस हानी भने तत्काल सशस्त्र सङ्घर्ष परित्याग गर्ने नीतिको विपक्षमा उभिए । धेरै विषय अझ पनि समाधान भई नसकेको अवस्थामा त्यो नीति लिनु आत्मघाती हुने उनको ठहर थियो । “स्वतन्त्र राजनीतिक गतिविधिमाथि रोक लगाउने ऐन–कानुनहरू विद्यमान रहेको अवस्थामा एकपक्षीय ढङ्गले सशस्त्र क्रान्ति त्याग्नु अवस्तुगत छ,” उनले भने ।
एमकेको महत्वबारे बहस गर्दै उनले भने, “एमके सशस्त्र सङ्घर्ष परिचालक हो, उत्प्रेरक हो ।” एमकेसँग थोरै मात्र स्रोतसाधन हुँदा पनि युद्ध लडेको र दृढतापूर्वक अघि बढेको तथ्य दक्षिण अफ्रिकी युवाहरूको लागि गौरवको विषय थियो ।
लुसाका बैठकबाट केही महत्वपूर्ण सहमतिहरू भए – सैनिक भर्ती गर्नमा रोक लगाउने, सेना ५० प्रतिशतले घटाउने, कमान्डो प्रणाली खारेज गर्ने, भिड नियन्त्रणको लागि तालिम प्राप्त प्रहरीले निःशस्त्र हुनुपर्ने, दक्षिण अफ्रिकी रक्षा दल (एसएडीएफ), एमके, मातृभूमि सेना र अन्य मुक्ति सङ्घर्षका सेनासहित दक्षिण अफ्रिकी सेना पुनर्गठन गर्ने आदि । लुसाका बैठकपछि हानीले रङ्गभेदी नेसनल पार्टी विभाजित र कमजोर हुँदै गएको निष्कर्ष निकाले । राष्ट्रिय काङ्ग्रेस क्रमशः व्यापक र शक्तिशाली बन्दै थियो । काङ्ग्रेसमा काला जातिका व्यापारी र नेताहरू एकपछि अर्को गरी आबद्ध भइरहेका थिए ।
त्यस्तो परिस्थितिमा क्रिस हानीले कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षण दिनमा जोड दिए । निष्क्रियताले गर्दा भयावह अवस्था सिर्जना गर्न सक्दथ्यो । “हामीले कार्यकर्तालाई सङ्घर्ष र वार्ता दुवै आवश्यक भएको सिकाउनुपर्छ । वार्ता असफल भए पनि फेरि सङ्घर्ष गर्नेछौँ । मलाई लाग्छ, हाम्रा शत्रुहरूको छलछामबाट हाम्रा कामरेडहरू चुपचाप नबसून् भनी हामीले कडा सङ्घर्ष गर्नुपर्छ,” हानीले भने ।
दक्षिण अफ्रिकामा
सन् १९९० मे ४ को दिन सरकार र अफ्रिकी राष्ट्रिय काङ्ग्रेसबिच ऐतिहासिक ग्रोट शूर माइन्युट (Grote Schuur Minute) मा हस्ताक्षर भयो । २८ अप्रिलको दिन क्रिस हानीले वर्षौँपछि जान स्मुट्स विमानस्थलको दक्षिण अफ्रिकी माटोमा पाइला टेके । उनलाई भर्खर रोबेन टापुबाट रिहा भएका टोकियो सेक्सवेलले स्वागत गरे ।
दक्षिण अफ्रिका फर्केपछिका दिनहरूमा क्रिस हानी र नेल्सन मन्डेलाकी श्रीमती बिन्नी मन्डेलाबिच निकट राजनीतिक सम्बन्ध रह्यो । गोरा दक्षिण अफ्रिकी कुलीनवर्गको निम्ति यो सम्बन्ध पाच्य हुन सकेन । तत्कालीन राजनीतिक अवस्थामा उनीहरू दुईजना मिलेर छुट्टै विद्रोही दल स्थापना गर्दै छन् भन्ने समेत चर्चा चलेको थियो । तर, सन् १९९१ मे महिनामा बिन्नीलाई अनेक लाञ्छना लगाइयो र मन्डेलासँग सम्बन्ध विच्छेद भयो ।
हानीको अधिकांश समय कम्युनिस्ट पार्टीको सङ्गठन विस्तारमा व्यतीत भयो । ब्लेड एनजिमान्डे (Blade Nzimande) जस्ता युवाहरूको नेतृत्वमा पार्टीलाई जनस्तरमा पु¥याउन उनी सक्रिय थिए । त्यहीबिच उनी सन् १९९१ मा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीको महासचिव पदमा चुनिए । त्यसअघिका महासचिव जिओ स्लोभोलाई हृदयघात भएकोले उनी सक्रिय राजनीतिमा थिएनन् । स्लोभोका योग्य उत्तराधिकारी प्रमाणित हुन हानीले दिनरात मेहनत गरे र आफ्नो बृहत् व्यक्तित्व र क्षमता प्रदर्शन गर्न सफल भए । उनी पार्टी संरचनामा रहेका व्यक्तिहरूसँग सकेसम्म आत्मीय व्यवहार गर्थे, ताकि उनीहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिन सकियोस् । ५६ वर्षका क्रिस हानीमा गम्भीरता र परिपक्वता उचाइमा पुगिसकेको थियो ।
१९९० जुलाई १३ मा जोहान्सबर्गमा दक्षिणपन्थी समूहले गरेको बम विस्फोटमा परी २७ जना सर्वसाधारण घाइते भए । जातिवादीहरूले आफ्ना मित्रहरूको रिहाइको माग गर्दै त्यो विस्फोट गराएका थिए । त्यसको महिना दिनपछि त्रान्सकेइ विश्वविद्यालयको एउटा कार्यक्रममा बोल्दै हानीले सरकार लचिलो नभएमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले ‘सत्ता कब्जा गर्नुपर्ने’ विचार राखे ।
१९९० अगस्ट ६ मा प्रिटोरिया सम्झौता भयो । सो सम्झौताअनुसार सन् १९९० सेप्टेम्बर १ देखि राजबन्दीहरूलाई रिहा गर्न सुरु गर्दै ३० अप्रिल सन् १९९१ सम्मका सबै राजबन्दी रिहा गरिने भयो । सो सम्झौतापछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष स्थगनको घोषणा ग¥यो । केपटाउनमा नेल्सन मन्डेलाले एमकेका कमान्डर र अरू काङ्ग्रेस नेताहरूको बैठक आयोजना गरी सशस्त्र सङ्घर्ष स्थगनको विषयमा छलफल गरेका थिए । तर, सशस्त्र दक्षिणपन्थी अफ्रिकान्सहरूको खतरा भने त्यतिञ्जेलसम्म बाँकी नै थियो ।
डे क्लार्क सरकारले क्रिस हानीजस्ता न्यायको पक्ष लिने फरक धारका नेताहरूलाई फेरि पनि दुःख दिने बदनियतले समय खर्चिरहेको थियो । प्रिटोरिया सम्झौता भएको दुई साता पनि नबित्दै सरकारले हानी, रोनी कासरिल्स, म्याक महाराजजस्ता नेताहरूको स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो । म्याक गिरफ्तारीमा परे, रोनी भूमिगत हुनुप¥यो भने हानी त्रान्सकेइमा बान्टु होलोमिसाको आश्रय लिन पुगे । “यो मलाई तर्साउन चालिएको कदम हो, सङ्घर्ष चालु रहनेछ,” डि क्लार्कको विरोध गर्दै क्रिस हानीले भने । त्यो साता त्रान्सभाल, क्वा थेम्बा र तेमबिसामा काङ्ग्रेस र सरकार समर्थकहरूबिच भएको दोहोरो भिडन्तमा परी ३ सय ७१ जना सर्वसाधारण मारिए । त्यस्तो अवस्थामा काङ्ग्रेसले भने प्रिटोरिया सम्झौताअनुसार आफ्नो सम्पूर्ण सैनिक गतिविधि स्थगन गरिसकेको थियो ।
१९९० डिसेम्बर १६ को दिन (एमके स्थापना दिवस) बसेको अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको राष्ट्रिय सल्लाहकार सम्मेलनले अर्को वर्षको अप्रिल मसान्तसम्म सम्पूर्ण राजनीतिक गतिरोध र समस्या समाधान नगरिए शान्तिपूर्ण जनआन्दोलनमा जाने निर्णय ग¥यो । बैठकले हिंसाको अन्त्यप्रति प्रतिबद्धता व्यक्त गर्दै जनरक्षाको लागि एमकेको भर्ती र तालिम निरन्तर गर्ने घोषणा ग¥यो । सो बैठकले काङ्ग्रेसको भूमिगत सञ्जाललाई त्यसपछिको परिस्थितिमा निरन्तरता दिन सकिने निर्णय ग¥यो । हानीको विचार त्यहाँ विजयी भयो । त्यतिञ्जेल कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानी लोकप्रियताको शिखरमा पुगिसकेका थिए । सबैको मुखमुखमा झुण्डिएको थियो – हानी जिन्दावाद ! (Viva Hani !) सहरका भित्ताभित्तामा हानीकै पक्षमा नारा र चित्र कोरिएका थिए ।
दक्षिण अफ्रिका जटिल परिस्थितिमा अघि बढिरहेको थियो । पार्टी पार्टीबिचको अलगअलग सेनाको व्यवस्थापन, नयाँ संविधान निर्माण, अझै कारागारमा रहेका राजबन्दीहरूको रिहाइको विषयमा अनेक उल्झनबिच देश अघि बढिरहेको थियो । त्यही बेला रोबेन टापु कारागारमा रहेका राजबन्दीहरू २२ दिने अनसनमा बसे । उनीहरूले आफ्नो सङ्घर्षलाई ‘घर फर्क आन्दोलन’ नामकरण गरेका थिए । फलतः २१ मार्च १९९१ मा राजबन्दीहरू रिहा भए र उनीहरूको स्वागत क्रिस हानीले गरे । त्यही वर्ष ३२ वर्षपछि दक्षिण अफ्रिकी माटोमा २–६ जुलाईसम्म काङ्ग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनबाट उपाध्यक्ष नेल्सन मन्डेला अध्यक्ष पदमा निर्वाचित भए । मन्डेलापछि हानी सबभन्दा लोकप्रिय नेता बने ।
दक्षिणपन्थीहरूले काङ्ग्रेस र रङ्गभेदविरोधी आन्दोलनमाथि गरेका हमला र नरसंहारको विरोधमा काङ्ग्रेस पटकपटक वार्ताबाट बाहिरियो । सरकारी नीतिविरुद्ध भएको जनसङ्घर्षको अग्रमोर्चाको नेतृत्व क्रिस हानी, रोनी कासरिल्स, स्टिभ स्वेटेलगायतका नेताहरूले गरे । १९९१ सेप्टेम्बर ७ मा ८० हजार जनता किङ विलियम टाउनको भिक्टोरिया रङ्गशालामा भेला भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस, दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी र मजदुर सङ्गठन कोसाटुको संयुक्त अग्रसरतामा हप्तौँसम्म सिस्की क्षेत्रका गाउँगाउँमा प्रदर्शनहरू भए । त्यो अभियान हुन नदिन सिस्की क्षेत्रका नेता औपा कोजोले बिसोको सर्वाेच्च अदालतमा रिट दायर गरे । त्यो मुद्दा वेलिट्सा मजिस्टे«ट अदालतमा पुग्यो । मजिस्टे«ट अदालतले प्रदर्शनको पक्षमा फैसला सुनायो । अदालतको फैसला त्यो आन्दोलनको आगोमा घ्यु थपेसरि भयो । प्रदर्शनहरूमा जनताको उपस्थिति दिन दुईगुना रात चौगुनाले बढ्यो । उनीहरूको अन्तिम गन्तव्य बिसो रङ्गशालामा पुग्नुपर्ने थियो । सिस्की प्रतिरक्षा सेनाका सिपाहीहरूले प्रदर्शनकारीमाथि चर्काे दमन गर्ने भाषा बोले । त्यसबिच प्रदर्शनको नेतृत्व गरिरहेका क्रिस हानी मारिएको खबरले प्रदर्शनकारीहरूमा दुःख र पीडा सञ्चार भयो । वास्तवमा, हानी मारिएका थिएनन् । प्रतिरक्षा सेनाको मेसिनगन आक्रमणबाट २८ जना मानिस मारिए भने २ सत्न्दा बढी घाइते भए । बिसोको त्यो हत्याकाण्डबाट बायोपाटोङको काण्डपश्चात् अवरुद्ध वार्ता प्रक्रिया भने फेरि सुरु हुने परिस्थिति तयार भयो ।
हत्या
दक्षिण अफ्रिकामा आफ्नो औपनिवेशिक शासन बलियो बनाउन उद्यत दक्षिणपन्थी शक्तिका निम्ति जनताबिच लोकप्रिय कम्युनिस्ट नेता क्रिस हानी आँखाको कसिङ्गर बनेका थिए । उनको नेतृत्वमा उठेको जनसङ्घर्ष र बढ्दो लोकप्रियतालाई दक्षिणपन्थी शक्तिले आफ्नो चिहान ठानेका थिए । त्यसकारण, दक्षिणपन्थी पार्टी सीपीका सांसद क्लिभ डेर्बी–लेविसलगायतले भित्रभित्रै हानीको हत्याको तानाबाना बुन्दै थिए । त्यो हत्याको लागि जानुज वालुस नामको युवालाई तयार गरिरहेका थिए ।
सन् १९८९ मा दक्षिणपन्थी पार्टीले थोरै मतान्तरले निर्वाचनमा हा¥यो । क्रिस हानीको हत्या गर्दा दक्षिण अफ्रिकी जनता आक्रोशित हुने र परिणामतः देशमा अराजक गतिविधि बढ्ने÷बढाउने अनि त्यही अस्थिरताको फाइदा उठाएर फेरि शक्तिमा आउने दक्षिणपन्थीहरूको योजना थियो । आफ्नो हातमा शक्ति आएपछि दक्षिण अफ्रिकामा बढ्दो कम्युनिस्ट प्रभावलाई सैनिक दमन गरेर तह लगाउने सोचमा उनीहरू थिए । हानीलाई आफ्नो वरपर बढिरहेको शत्रुका गतिविधिप्रति जानकारी त थियो तर उनी उति पर्वाह गर्दैनथे । वास्तवमा उनको स्वदेश फिर्तीसँगै उनीसामु खतराको बादल निरन्तर मडारिरहेको थियो । हानीको हत्या हुनुभन्दा केही दिन पहिले अमेरिकी पत्रकार जेरेलाइन इडिङ्ससँगको कुराकानीमा उनले भनेका थिए, “उनीहरू मेरो हत्या गर्न चाहन्छन् तर त्यो हत्या हत्या नभई दुर्घटनाजस्तो देखाउन चाहन्छन् । मेरो हत्या भएमा सारा देशमा आगो बल्छ भन्ने उनीहरू हिसाबकिताब गर्दै छन् ।”
आफ्नो हत्या हुनुभन्दा केही दिनअघि मात्र हानी दक्षिण अफ्रिकी गाउँगाउँमा हप्तौँ लामो शान्ति पदयात्रा सकाएर फर्केका थिए । त्यसअघि कम्युनिस्ट पार्टीको महासचिवको हैसियतले उनले क्युवामा फिडेल क्यास्ट्रोलाई भेटेका थिए । त्यस्तै बेलायत पुगेर त्यहाँका कम्युनिस्टहरूसँग सम्बन्ध विस्तार गरेका थिए । ५१ वर्षको उमेरमा हानी विश्व समाजवादी आन्दोलनको प्रभावशाली पुस्ताको सशक्त प्रतिनिधि भइसकेका थिए ।
अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको व्यापकता र शक्तिआर्जनसँगै जनतासँगको प्रत्यक्ष संवादमा आएको कमीप्रति उनी चिन्तित थिए । त्यस्तै, अफ्रिकी युवामा फैलिएको एचआईभी/एड्सको महामारी अनि व्यापक भ्रष्टाचारप्रति उनी चिन्तित थिए । त्यसविरुद्ध उनले युवाहरूको शिक्षा, उपचार अन्य सहयोग गर्नमा विशेष जोड दिए । उनी जहाँ पुगे पनि समाजवादी व्यवस्थाको सर्वाेच्चता र अपरिहार्यतामा जोड दिने गर्थे । पार्टीहरूले दिने सस्ता नाराले मात्र समस्या समाधान हुँदैन बरु गरिबी न्यूनीकरण भए मात्र पूर्ण राजनीतिक रूपान्तरण सम्भव हुन सक्छ भन्ने उनको प्रस्ट विचार थियो ।
अप्रिल १०, सन् १९९४ बिदाको दिन भएकोले बजारमा त्यति चहलपहल थिएन । बिहानको चिसो हावा बहिरहेको थियो । सदाको बिहानझैँ क्रिस हानी आफ्नो घरभन्दा केही पर अखबार किन्न गए । धेरै दिनसम्म पिछा गरेको जानुज वालुस त्यो दिन हानीमाथि गोली हान्ने उपयुक्त मौकाको खोजी गर्दै उनको पछि लाग्यो । हानी हिँड्दै गर्दा वालुसले पछाडिबाट उनलाई छोयो र क्रिस पछाडि फर्कनेबित्तिकै पिस्तोल निकालेर गोली हानेर हानीको हत्या ग¥यो । पोल्यान्डमा जन्मेर दक्षिण अफ्रिकामा बस्दै आएका ३८ वर्षीय वालुसले लामो तयारीपछि आफ्नो हत्या योजना सफल बनायो । यसरी दक्षिण अफ्रिकी जनताका लोकप्रिय नेता, कम्युनिस्ट पार्टीका महासचिव क्रिस हानीको निर्मम हत्या भयो ।
प्रतिक्रियावादी शक्तिहरूले नेल्सन मन्डेलाकी श्रीमती बिन्नी मन्डेला र हानीको निकट सम्बन्धबारे अनेकन झूटा अफवाह फैलाए । तर, नेल्सन मन्डेला र हानीबिचको आत्मीय सम्बन्धमा कहिल्यै आँच आएन । हानीको हत्याप्रति आक्रोश पोख्दै मन्डेला नेतृत्वको अफ्रिकी राष्ट्रिय काङ्ग्रेसद्वारा जारी वक्तव्यमा भनियो, “मुक्ति सङ्घर्ष र जातिवादविरुद्धको प्रतिरोधप्रति अतुलनीय प्रतिबद्धता भएकै कारण रङ्गभेदी शासनका मतियारहरूले कामरेड क्रिस हानीको हत्या गरेका हुन् । दक्षिण अफ्रिकामा प्रजातन्त्र र स्वतन्त्रता स्थापनाको सङ्घर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने व्यक्तित्व क्रिस हानीप्रति श्रद्धा व्यक्त गर्दै राष्ट्रिय काङ्ग्रेस आफ्नो झन्डा झुकाउँछ ।” अफ्रिकी काङ्ग्रेसले यो हत्यालाई ‘अक्षम्य अपराध’ को संज्ञा दिएको थियो ।
त्यस्तै, १९९८ जुलाई १ को दिन क्रिस हानी सम्मानबाट सम्मानित हुँदा नेल्सन मन्डेलाले भने, “हाम्रो आन्दोलनका हरेक कार्यकर्ताबाट अपेक्षा गरिएको अनुशासन र दूरदर्शिताका साथ आफ्नो कर्तव्य पालना गर्ने सद्गुण हानीमा थियो । हाम्रो मुक्ति सङ्घर्षको क्रममा कम्युनिस्ट पार्टीबाट हामीले सधैँ सिकेको पाठ हो – अन्तर्राष्ट्रिय ऐक्यबद्धताको महत्व । एक्लिएर कुनै पनि सङ्घर्ष सफलतामा पुग्न सक्दैन । नयाँ देश निर्माणको सन्दर्भमा पनि यो कुरा सत्य हो ।”
हानीको हत्याबाट दक्षिण अफ्रिकी जनतामात्र शोकाकुल र आक्रोशित भएनन् बरु संसारभरका कम्युनिस्ट, क्रान्तिकारी, प्रगतिशील, स्वतन्त्रताप्रेमी, जातिवाद र रङ्गभेदविरोधी जनता आक्रोशित भएर उठे । हानीको हत्यापछि दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अभिभावक गुमाएसरि भयो । त्यसरी दक्षिण अफ्रिकाले एकजना कर्मठ, अत्यन्त सक्रिय, जुझारु, दृढ निश्चयी, बलिदानी नेता गुमायो ।
हानीको हत्याबाट फासीवादीहरू संसारमा बढ्दो कम्युनिस्ट विचारको लोकप्रियता र व्यापकताले कति आत्तिएका रहेछन् भन्ने प्रस्ट भयो । उनीहरू संसारमा कम्युनिस्ट विचारको प्रसार अवरुद्ध गर्न जस्तोसुकै निर्लज्ज काम गर्न पनि पछि नहट्ने कुरा यसले पनि पुष्टि ग¥यो । कम्युनिस्ट विचारका प्रवक्ताहरूको लोकप्रियतालाई अन्यायपूर्ण पुँजीवादी व्यवस्थाका हिमायतीहरू आफ्नो काल नजिकिएको भनेर बुझ्छन् । तर, उनीहरूका जस्तै षड्यन्त्र, प्रपञ्च हत्या र नरसंहारले पनि सही विचारलाई रोक्न नसक्ने यथार्थ आज दक्षिण अफ्रिकालगायत सिङ्गो अफ्रिका महादेशमा फैलिएको साम्राज्यवादविरोधी सङ्घर्षले प्रमाणित गर्छ । ल्याटिन अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षसँगको एकताले अफ्रिकामा यो विचार अझ व्यापक बनिरहेको छ । निःसन्देह क्रिस हानीजस्ता नेताहरूले मेहनतपूर्वक राखेको जगमै आजको सङ्घर्ष आधारित छ । तसर्थ, यो संसारले क्रिस हानीका योगदानहरूको सधैँ सम्झना गरिरहनेछ ।
सन्दर्भ सामग्री
१) HANI A Life Too Short–Janet Smith & Beauregand Tromp
२) भक्तपुर मासिक (१९९४)
समाप्त
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा
Leave a Reply