भर्खरै :

भक्तपुर नगरपालिकाले ग¥यो सूर्यबिनायक नपामा वृक्षारोपण

भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको उपलक्ष्यमा मड्डलबार सुर्यविनायक नगरपालिका वडा नं. १० को सल्लाघारी वन (ल्योसिंगुँ) मा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनको लागि नभई नहुने वन (ल्यासिंगुँ) लाई संरक्षण र हराभरा बनाउनको निम्ति भक्तपुर नगरपालिकाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा त्यस क्षेत्रमा ३०० वटा सल्लाका हुर्केका बोटहरु रोपिएका थिए । ती बोटहरुमा नगरपालिकाको जेट ट्यांकीबाट सिंचाइ गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले प्राकृतिक सम्पदा संरक्षण सबैको साझा जिम्मेवारी भएको हुँदा त्यसको सुरक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । वृक्षारोपण गर्नुभन्दा पनि त्यसको संरक्षण र हुर्काइमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रमुख प्रजापतिले वृक्षारोपणले अर्को पुस्तालाई सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले ऐतिहासिक, धार्मिक महत्व बोकेको यस वनको सुरक्षा गर्न नसके भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालन गर्न कठिन पर्ने बताउँदै वृक्षारोपणसँगै सिंगो वातावरणको संरक्षण आवश्यक भएको बताउनुभयो । उहाँले विरुवा रोप्ने कामलाई औपचारिकताको लागि मात्र गर्ने नभई जिम्मेवारी र अनन्तकालसम्मको यसको संरक्षण गर्ने हिसाबले हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वातावरणको दिवसको अवसरमा मात्र रुख रोप्ने नभई जल, जमिन र जड्डल बचाउन सधैं तत्पर हुनुपर्ने बताउनुभयो । उहाँले वातावरणसम्बन्धी कार्यक्रमहरुले नयाँ पुस्तालाई सचेत पार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले नगर र जिल्लालाई सभ्य, सुन्दर, सफा र देशको नमुना नगर बनाउन नपा अग्रसर भएर लागिरहेको बताउँदै ऐतिहासिक जात्रालाई निरन्तर र व्यवस्थित ढड्डले सञ्चालन गर्न वन संरक्षण आवश्यक भएको उल्लेख गर्नुभयो । रुख रोप्दैमा सबै हुर्किन्छ भन्ने नभएको बताउँदै त्यसको समय–समयमा उचित संरक्षण आवशयक रहेको उहाँले बताउनुभयो ।

गुथि संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले धार्मिक, सांस्कृतिक महत्व बोकेको स्थामा वृक्षारोपण गरेर भक्तपुर नगरपालिकाले सराहनीय कार्य गरेको बताउँदै रोपिएका विरुवाको संरक्षण र सम्बद्र्धन पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता संघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पार्वती नगरकोटीले वृक्षारोपण गरेकोे ठाउँमा विरुवा राम्रोसँग हुर्केको छ कि छैन भनी अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले विरुवाको अवस्था थाहा पाउन वन हेरालु राख्नुपर्ने बताउँदै नपाको वृक्षारोपण कार्यक्रम प्रशंसायोग्य भएको बताउनुभयो ।
कार्यक्रममा सल्लाघारी वन उपभोक्ता समितिका अध्यक्ष शेखर खड्काले भक्तपुरका ऐतिहासिक जात्राहरुमा ल्योसिंगुँबाट लगिएका रुख प्रयोग हुने भएकोले पनि यो वनले निकै महत्व बोकेको बताउनुभयो । ऐतिहासिक ठाउँमा भएको वृक्षारोपणको प्रशंसा गर्दै यसको निरन्तरता आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमको सञ्चालन वडाअध्यक्ष महेन्द्र खायमलीले गर्नुभएको थियो भने कार्यक्रममा वडाअध्यक्ष, वडा सदस्य, नपाका कर्मचारी तथा ख्वप कलेज वातावरण विज्ञान विषयका विद्यार्थीहरु, चाँगु नपा वडा नं. ९ का जनप्रतिनिधि, प्रगति युवा समाजका पदाधिकारी तथा स्थानीय जनताहरुको सहभागिता रहेको थियो । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अधिकारीहरुसमेत कार्यक्रममा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *