तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ जेठ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले बुधबार जुलुस तथा विरोध सभा ग¥यो । भक्तपुरको कमलविनायक चोकबाट सुरु भएको युवा–विद्यार्थीहरुको जुलुस जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
प्रशासन कार्यालय परिसरमा आयोजित सभामा बोल्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितताकै कारण निगम घाटामा गएको हुँदा कर्मचारीहरुको सम्पत्ति छानविन गरी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले नेपालको सीमाक्षेत्रमा भइरहेका कालोबजारी रोक्न नेपाल–भारत सीमाक्षेत्रलाई नियमित र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

पेट्रोलियम पदार्थ आयातमा भारतसँग मात्र निर्भर रहनुभन्दा बङ्गलादेश, पाकिस्तान र चीनलगायतका देशहरुबाट पनि नेपाल सरकारले पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने उहाँको विचार थियो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले सत्तासीन दलहरुले पटक–पटक जनतालाई झुक्याउने खेल खेलिरहेको बताउँदै जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर सरकारले आफू गैर–कम्युनिष्ट रहेको पुष्टि गरेको बताउनुभयो । उहाँले सत्तासीन दलहरु कम्युनिष्ट नभई संशोधनवादी पार्टी भएको बताउनुभयो । उहाँले रङ्गशाला बनाउने नाममा भक्तपुरको खेतीयोग्य जमिन नासेर भू–माफियाहरुले चलखेल गर्न खोजेको बताउँदै विकेन्द्रित रुपमा विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्रायुसंघका जगतराम धुख्वा, नेक्राविसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष अनिल फोजू, किरण गोसाई र मिलन गणेजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply