भर्खरै :

यो कस्तो शिक्षा नियमावली ?

यो कस्तो शिक्षा नियमावली ?

रास्वपाको बालेन सरकारले शिक्षा नियमावली संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिमा राजनीतिक पार्टीका सदस्य, वडाध्यक्ष, वडासदस्य, कर्मचारी बस्न नपाउने व्यवस्था गरेको सार्वजनिक भयो । समाजमा शिक्षाप्रति चासो राख्ने राजनीतिक पार्टीका सदस्य, जनप्रतिनिधि, शिक्षक, कर्मचारी नै हुन् । उनीहरू नै विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने भए त्यस्ता विद्यालय व्यवस्थापन समितिको औचित्य के होला ? विद्यालय व्यवस्थापन समितिमा हुने पक्षपात र अनियमितता रोक्नु जरुरी छ । नागरिक कसैले पनि अनियमितता गर्नु हुँदैन । नागरिकबाट अनियमितता होला भनी बन्द कोठामा थुन्नु कसरी मिल्ला ? समाजमा धेरै असल मानिस हुन्छन्, केही खराव मानिसको कारण असल मानिसलाई रोक्ने ऐन–नियम बनाउनु जनादेशविपरीत किन होइन ?
काठमाडौँमा दलाई लामाको समर्थनमा चीनविरोधी गतिविधि !
नेपाली जनता र नेपाल सरकारले एक चीन नीतिलाई समर्थन गर्दै आएका छन् । नेपालका सबै सरकारहरूले पनि नेपाली भूमिमा मित्र देशहरूविरुद्ध गतिविधि हुन नदिने प्रतिवद्धता गर्दै आएका छन् । पैसठ्ठी वर्षभन्दा पहिले तिब्बतबाट भागेर भारत प्रवासमा बसेका दलाई लामा संरा अमेरिकी आर्थिक सहयोगमा आफ्ना आउरेबाउरेसहित मुख्य भूमि चीनबाट तिब्बत विखण्डन गराउनेतर्फ लागि परेका छन् । यसलाई शान्तिप्रेमी विश्वका जनताले स्वीकार गरेका छैनन् ।
काठमाडौँ नागार्जुन नगरपालिका–२ ठूलो भ¥याङस्थित नामग्याल आवासीय निम्न माध्यामिक विद्यालयमा असार २२ गते अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोम, फ्रान्सेली राजदूत भर्जिनी कर्टबेल, अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्ट, युरोपेली सङ्घको प्रतिनिधिमण्डलका प्रमुख भेरोनिक लोरेन्जोसहित गुम्बाका तिब्बतीयन प्रतिनिधिको उपस्थितिमा १४ औँ दलाई लामा (तेन्जिङ ग्यात्सो) को ९१ औँ जन्मोत्सव मनाइएको सार्वजनिक भयो । के रास्वपाको बालेन सरकारको सहमतिबिना यसप्रकारको शान्ति विथोल्ने गतिविधि हुन सक्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *