चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान
- असार २२, २०८३
मृतक विनोद महर्जनका दाजु काजीरत्न महर्जनको कागज व्यहोरा :
३४ वर्षको मेरो भाइ विनोद महर्जन चित्रकला र हस्तकलासम्बन्धी काम गर्थे । घटनाको दिन विनोद कहाँ थिए जानकारी भएन तर विनोदलाई भदौ २३ गते अन्दाजी १२ः०० बजेको समयमा छिमेकीले शङ्खमूलमा पानी वितरण गर्दै गरेको देखेका रहेछन् । सोही दिन गोली लागेपछि प्रदर्शनकारीहरूले नै अस्पताल पु¥याएका रहेछन् । अस्पतालमा १ः५८ बजे नै मृत्यु भइसकेको रहेछ । सामाजिक सञ्जालमा उपलब्ध भिडियोअनुसार विनोदको मृत्यु घटनास्थलमै भएको हुनुपर्छ । गोली टाउकोको पछाडिबाट बाहिर निस्केको देखिन्छ ।
नेपाल सरकारबाट रु. १५ लाख र ललितपुर महानगरपालिकाबाट रु. ५ लाख राहत पाएका छौँ । जाँचबुझ आयोगले दोषीलाई न्यायिक कारबाही गर्नुपर्छ ।
मृतक संतोष विश्वकर्माकी श्रीमती अम्बिका वि.क.को कागज व्यहोरा :
मेरो श्रीमान् संतोष विश्वकर्मा कक्षा १० सम्मको अध्ययन गरेर मजदुरी काम गर्नुहुन्थ्यो । भदौ २३ गते बिहान अन्दाजी १०ः३० बजेको समयमा फोन सम्पर्क भएको थियो । सोही दिन अस्पतालमा उपचार हुन नपाउँदै मृत्यु घोषणा भएको हो । पोष्टमार्टम रिपोर्ट प्राप्त भएको छैन । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख नगद पाएका छौँ । जाँचबुझ आयोगले दोषीलाई न्यायिक कारबाही गर्नुपर्छ ।
मृतक विमलबाबु भट्टका दाजु अनिल भट्टको कागज व्यहोरा :
मेरो भाइ विमलबाबु भट्ट कक्षा १२ मा अध्ययनरत थिए । घटनाको दिन विमल बानेश्वरको आन्दोलनमा सहभागी हुन पुगेका रहेछन् । मसँग विमलको अन्तिमपटक भदौ २३ गते भाइबरमा कुरा भएको थियो । उसको १२ः४५ बजे नै सिभिल अस्पतालमा मृत्यु घोषणा भएको रहेछ । पक्कै पनि उपचारको क्रममा लापरवाही भएको छ । अस्पताल र प्रहरी प्रशासनले लिखित बयान लिएको छैन । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई हदैसम्मको न्यायिक कारबाही गर्नुपर्छ । अहिलेसम्म हामी पीडितको लागि सरकारले केही गर्न सकेजस्तो लाग्दैन ।
मृतक अभिषेक चौलागाईका बुवा दिनेश चौलागाईको कागज व्यहोरा :
मेरो छोरा अभिषेक चौलागाई कक्षा १२ मा अध्ययनरत थिए । भदौ २४ गते ठमेलस्थित आफ्नो अफिसबाट घर आउँदै गर्दा नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै मृत्यु भएको रहेछ । छोरासँग अन्तिमपटक भदौ २४ गते कुरा भएको थियो । उक्त कुरा २५ गते बेलुका ०६ः३० बजेको समाचार सुनेर थाहा पाएँ ।
नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री, मुख्यसचिव, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक, सुरक्षाकर्मी र फिल्ड कमान्डर लगायतका व्यक्तिहरू हुन । आयोगले दोषीलाई छिटो न्यायिक कारबाही गरोस् ।
मृतक देवकुमार सुवेदीकी श्रीमती पार्वती अधिकारीको कागज व्यहोरा :
मेरो लोग्ने देव कुमार सुवेदी ज्यालादारी गार्ड हुनुहुन्थ्यो । उहाँ भदौ २३ गते बानेश्वर र भाद्र २४ गते कालिमाटीमा हुनुहुन्थ्यो । उहाँसँग अन्तिमपटक भदौ २४ गते फोनमा कुरा भएको थियो । भाद्र २४ गते कालीमाटी चोकमा गोली लागेपछि दिउसो ०१ः२० बजेको समयमा सँगै भएका साथीहरूले अस्पताल पु¥याएका रहेछन् । अस्पतालले भाद्र २५ गते मृत घोषणा ग¥यो । पोष्टमार्टम रिपोर्ट हेरेको छैन । उपचारको क्रममा ढिलाई वा लापरवाही भएको छैन । नेपाल सरकारबाट राहतस्वरूप रु. १५ लाख पाएका छौँ । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक लगायतका व्यक्ति घटनाका जिम्मेवार हुन् । दोषीलाई न्यायिक कारबाही होस् ।
Leave a Reply