भर्खरै :

राजनीति, पत्रकारिता र कर्मचारी समुदायको भविष्य

राजनीति, पत्रकारिता र कर्मचारी समुदायको भविष्य

समाजमा वर्ग देखिएपछि शासकवर्गले सबै दलित–पीडित र कमजोर समूह र भाषाभाषीहरूलाई दबाउँदै र कज्याउँदै गयो । दास युगको अन्त र सामन्तवादको सुरु सुरुको अवस्थामा दास मालिक र उठ्दो सामन्त वर्गको बिचमा वैचारिक र भौतिक सङ्घर्ष भए ।
यसरी विभिन्न महादेश र क्षेत्रहरूमा फरक फरक धर्महरूको विकास हुँदै गयो । सूर्य उडाउने र सूर्य डुब्ने, चन्द्रमाको फरक फरक रूप र प्रकाश (चाँदनी) को विषयमा किन, कसरी भयो भनी मानिसहरूले चिन्तन गर्न थाले । आकाशबाटै वा माथिबाटै सबै भएको अनुभव गनै थाले । बिजुली चम्कँदा र मेघ गर्जँदा आज केटाकेटी डराएजस्तै त्यसबेलाका मानिसहरू पनि आश्चर्य र तर्सन्थे होलान् । पछि पछि तिनीहरूले त्यसबेला राम्रा र तर्साउने दुई पक्ष भएको चाल पाए । घाम–पानी, चन्द्रमा, जूनको शितल र मनोहर पक्ष, अनि पशुहरू धपाउने र डराउने आगो र पानीबाट पाउने माछा र अन्य जलचरहरूबाट राम्रो गरेको हुनाले तिनीहरूले सूर्य–चन्द्र, आगो र पानी जस्ता राम्रा पक्षलाई पूजा गरे जस्तो आफूले खाने हरेक कुरा तिनीहरूलाई पनि चढाउन जाने भए ।
तर, बिजुली चम्कने, मेघ गर्जन, चट्याङ्ग आदिबारे तिनीहरूले सम्भवतः आफूहरूले खाएको वस्तु तिनीहरूलाई नचढाएको हुँदा रिसाएको अनुमान गरी तिनीहरूलाई पनि थोरै भाग पन्छाउन थाले । त्यसैबाट भूत प्रेत मन्छाउने र तिनीहरूको रिस शान्त पार्न पूजा गर्न थाले । यसरी मानिसको अज्ञानता र त्रासले ईश्वर, भगवान वा राम्रो, गुनिलो वस्तुको रूपमा सूर्य–चन्द्र र आगो र पानीलाई देवताको रूपमा पूजा गर्न थाले ।
त्यही अनुसार चट्याङ्ग, मेघ गर्जन र बिजुलीको चम्काइलाई भूत–प्रेत वा नकारात्मक ‘देउता’ भनी पूजा र प्रसाद अर्पण गर्न थाले । आश्चर्य त नेवारले भोखाद्यो (भूकम्पका देवता) अनि, छेरावती रोग र विफरको देवता भनी ‘सीतला माजू’ लाई पूजा गर्ने गर्छन् ।
यस्तै यस्तै अनुमान, डर र त्रासहरूबाटै देवटा र भूतप्रेतबारे अनेक कथाहरू कथ्दै ‘साहित्य’ को रूपमा लियो होला ।
हजारौँ हजार वर्षभन्दा पहिले अथवा इतिहासभन्दा पहिले हरेक जात, जाति र भाषाभाषीहरूले झारफुक, वैद्य, झाक्री र लामा हुँदै अनेक कथाहरू कथ्दै गए । ती नै फरक फरक जाति र समूहमा आ–आफ्नै कथाहरू हुँदै मानिस सभ्यताको चरणमा पुग्दा रामायण, महाभारत र अनेक राजामहाराजा, महादेव र सतीदेवीजस्ता अनेक अनेक साहित्यको रचना हुँदै गए ।
ती साहित्य जस्तै ईश्वर र स्वर्ग, धर्म र कर्मबारे फरक फरक विचारहरू पनि देखिन थालियो । सामन्तवादको अन्ततिर तथा वाणिज्य व्यवसायको युगमा पुग्दा ‘ईश्वर र स्वर्ग’ जस्ता छ र छैन भने ज्ञानको बारेमा चर्चा हुन थाल्यो । महावीर वर्धमान, बौद्ध शिक्षा, अन्य भौतिकवादी दर्शनहरू पनि देखिँदै गए होलान् । महाभारत कालमै चार्वाक, कपिल आदि भौतिकवादी दार्शनिक वा महावीरहरूले शास्त्रास्त्र गर्दै प्रचार कार्य सुरु गरे होला्न, पछि पछि गाउँ गाउँ, चौतारी र टोल–टोलमा रामायण, महाभारत र अन्य कथा वाचन हुन थालियो ।
यसैको सिलसिला पत्रकारितामा परिणत भयो । आज पनि दैनिक, साप्ताहिक र अन्य पत्रपत्रिकाका कथाहरूमा छापिँदै पनि छन् र राज्य र कम्पनी एवं व्यापारका प्रचार पनि हुँदै छन् । ती प्रचारहरू वैष्णवी, शैव आदि धार्मिक सम्प्रदायमा प्रचार पनि आजकै पत्रपत्रिका र जनसभाहरू हुन् । आजको युगमा राजनीतिक दलहरूको पत्रिका व्यापक हुँदै गयो आ–आफ्नो प्रचारको निम्ति यदि त्यस बेलाको प्रचार गर्ने चलन नभएको भए रावणका भाइ विभीषण, मेघदूत र अर्जुन र कर्णजस्ता वीरहरूको नाम निशानामै हुने थिएन । त्यस्तै ‘मजदुर’ दैनिक र ‘साप्ताहिक श्रमिक’ पनि हुने थिएन ।
आजका राजनीतिक कार्यकर्ताहरू एक आदर्श समाजलाई मूर्तमान गर्न खाई नखाई सेवा गर्दै छन् भने, चतुर र स्वार्थी कार्यकर्ताहरू व्यक्तिगत निश्चित समूहको हितको निम्ति शासक पार्टी बनाई मन्त्री बन्न पुग्छन् ।
तर तिनीहरूलाई नै सहयोग गर्न कलमका पल्टन ‘कर्मचारी र कर्मचारीतन्त्र’ को विकास भयो । यो पक्ष भए बिचको भाग खाने, नभए सबैलाई भिडाउने सामर्थ राख्छन् । सारा जनता अनिकालले मर्न लागे पनि कर्मचारीहरू भत्ता बढाउँदै जनतालाई मुर्ख बनाउने छन् । साँच्चै लडाईंहरू चर्के भने तिनीहरू पनि भोकै मर्ने छन्, तलब दिने भाँडोमा गोली–बारुद हुने छन् । अन्तमा त्यो पक्षले पनि सत्यको पक्ष लिनु बाध्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *