भर्खरै :

पुँजीवाद र गाँजा व्यापारबारे

पुँजीवाद र गाँजा व्यापारबारे

राजनीतिशास्त्र र अर्थशास्त्रको विषयमा युवाहरूको छलफलमा पुँजीवादको ठाउँमा समाजवादी व्यवस्था नआएसम्म भ्रष्टाचार, गरिबी, शोषण अनि घुसजस्ता सामाजिक विकृति समाजबाट नहट्नेबारे समाजवादका पक्ष लिनेहरूले तर्क दिन्थे भने पुँजीवादको पक्षपातीहरूले समाजवादी समाजको स्थापना एक ‘कल्पना’ हो भन्ने उत्तर दिन्थे । सारमा, पुँजीवादी व्यवस्था आफै शोषण, नाफा, घुस, भ्रष्टाचार र आर्थिक विकासको नाउँमा व्यक्ति धनी हुने र अत्यन्त बहुमत जनता गरिब हुने निष्कर्षमा पुग्थे ।
पछि पछि ‘कम्युनिस्ट’ पार्टी भन्ने ‘समाजवादीहरू’ आफै शोषक, घुस लिने, भ्रष्टाचारी र पुँजीपतिवर्गकै रकमबाट निर्वाचनमा विजय भएका नेताहरू सरकारमा पुग्दा पुँजीपतिवर्गका छोराछोरीहरू नै ‘कम्युनिस्ट’ र ‘समाजवादी’ हरूको साथी बनेको देखेपछि ती दलहरू आज छिन्नभिन्न भए र राप्रपा र मधेसवादी दलकै स्तरमा पुगे ।
तर, सैद्धान्तिक सङ्घर्षमा पुँजीपतिहरू आफै कारखानाका हिस्सेदार भएपछि आ–आफ्नो पुँजीको ‘ब्याज’ लिइसकेपछि पुनः ‘नाफा’ भनी लिने रकम मजदुरहरूले पाउने ज्यालालाई दिनुपर्ने भाग नै ‘नाफा’ भएको हुनाले त्यसलाई मजदुरहरूको ‘चोरीको रकम’ भनिएको थियो ।
यस्ता अनेक छलफल चालु हुँदै जानेछन् तर नेपालका ठुलठुला पुँजीपतिहरू माथिल्ला सरकारी कर्मचारी तथा अनेक माथिल्ला स्तरका प्राविधक संस्थाहरूका प्राविधिकहरू पनि पुँजीपतिवर्गसँग एकाकार हुँदा भन्ने गर्छन् – पुँजीवादी व्यवस्थामा ‘कर्मचारीतन्त्र’ (ब्युरोक्रेसी) र ‘प्राविधिकतन्त्र’ नै पुँजीवादको सहयोगी हुन्छन् ।
यसकारण, १६–१७ साउन २०८३ ‘नागरिक’ को शनिबारमा ‘वित्तीय अपराधमा व्यवसायी’, ‘मुद्दा फितलो कि पहुँचको खेल ?’ शीर्षकले उदाङ्ग्याएको छ । तस्बिरमा दीपक भट्ट, शेखर गोल्छा, मृगेन्द्रनाथ रिजाल, साहिल अग्रवाल, मृदुला सरिया, शङ्करलाल अग्रवाल, सुलभ अग्रवाल ।
गण्डकी प्रदेशसभाले गाँजा खेती विधेयक पारित
शीर्षक हेर्दा गण्डकी प्रदेशसभाले सर्वसम्मत भएर ‘गाँजा खेती विधेयक पारित’ गरेको समाचारले सबैलाई झस्काइदिन्छ । तर, भित्र खोतलखातल गर्दै जाँदा अनेक जेलिएका रहस्यहरू खोलिँदै जाने छन् ।
नेपालका ‘दरबार हत्याकाण्ड’ वा दरबार र माथिल्ला परिवारका युवाहरू विदेशमा लागुको लतबाट नेपाली युवाहरूको जीवन बर्बाद र सम्पत्तिसमेत क्षतविक्षत पारेका समाचार र कानेखुसी सुन्नमा आउँछन् ।
संरा अमेरिकाजस्तो शक्तिशाली देशले विदेशी राष्ट्रपतिहरूलाई समेत ‘लागूपदार्थ’ र ‘गाँजा’ व्यापारको आरोपमा अपहरण गरी अमेरिकामै मारेका घटनाहरू उजागर हुँदै आएका छन् । तर, आश्चर्य के हो भने संरा अमेरिकी ‘गाँजा’ पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिका (दक्षिण अमेरिका) मा व्यापक व्यापार हुने हल्ला र आरोप कम छैन ।
यस्तो विश्वास गर्नै गा¥हो कथाहरू सुन्दा ‘जो चोर उसैको ठुलो स्वर’ भन्ने नेपाली उखान चरितार्थ हुन्छ ।
यसकारण, अमेरिकाले पनि गाँजा बेच्ला र ? भनी पत्याउनै गा¥हो विषय नेपालमा समेत छलफलको विषय हुँदै छ । व्यापार अपरम्पार ¤ गाँजाको होस् वा सुनको ¤ तर सत्य त्यस्तै देखिँदै छ ।
नेपाली जनता सतर्क हुनुपर्ने विषय हो – विदेशी गाँजाले अन्तर्राष्ट्रिय व्यापार नियमअनुसार ठुला देशहरूको गाँजा नेपाल आइपुग्दा नेपालको ठुलै धनराशी विदेश पुग्नेछन् । धार्मिक समूहदेखि ठुला बडा र सम्पन्न परिवारबाट समेत प्रयोग गरेमा एक प्रकारको दुर्भाग्य हुनेछ । इतिहासमा सन् १८४०–४२ मा बेलायती अफिम व्यापारको कारण दुई देश चीन र बेलायतको चर्को युद्ध भएको थियो ।
नेपाली जनताको कूटनैतिक सम्बन्ध जताततै फैलिँदै जाँदा जानकारीको अभावमा पछि पछुताउने काम सरकार र जनताबाट नहोस् भनी सचेत हुनु अति जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *