भर्खरै :

शासक दल, नेता र विश्व दक्षिणपन्थी शक्ति

शासक दल, नेता र विश्व दक्षिणपन्थी शक्ति

हरेक भौतिक वस्तु वा प्राणीहरूको आ–आफ्नै कमजोरीहरू हुन्छन् र ती कमजोरीहरू कै कारण तुलनात्मक रूपले कमजोर वस्तु बिग्रने वा काम नलाग्ने हुन्छ भने प्राणीहरूमध्ये पनि ठुला ठुला प्राणीहरू पृथ्वीबाट लोप भए, अहिले भएका हात्ती, गंैडा, उँट, सिंह, जेब्रा वा अन्य प्राणी र उड्ने चराहरू पनि आफ्नै शारीरिक कमजोरीको कारण छिट्टै मर्दै छन् वा लोप हुँदै जानेछन् । विश्व वातावरणमा बढ्दै गएको तापमानले थप क्षति हुनेबारे संसारलाई खबरदारी वैज्ञानिकहरूले गरिरहेकै छन् । तर, संयुक्त राज्य अमेरिकाजस्तो सम्पन्न र शक्तिशाली राष्ट्रले पेरिस सम्झौताबाट हात झिकेर संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार दिनुपर्ने अर्बौँ डलर नदिने घोषणा गरेर संसारलाई दुःखमाथि दुःख थप्ने काम गर्दै छ ।
तर हरेक समाज र राष्ट्रहरूका नेताहरूकै कमी–कमजोरीले गर्दा समाज र देशलाई क्षति हुने कामहरू भएका धेरै उदाहरणहरू सुन्ने र भन्ने गर्दै आएका छन् । आफ्नै देश नेपालकै कुरा गर्दा पनि सबैले अनुभव गरेकै हुन् – एकजना प्रधानमन्त्रीले आफ्नी छोरीलाई सांसद र मन्त्री बनाउँदा वर्षौंदेखिको राहदानी काण्डको कारण देशको इज्जतमा धब्बा लाग्यो भने आर्थिक रूपले देशले ठुलो क्षति भोग्यो । लाउडा काण्डदेखि अनेक काण्ड देशले भोग्यो ।
अहिले फेरि अर्को प्रधानमन्त्रीकी श्रीमतीको कारण देशले ठुलो क्षति भएको हल्ला व्यापक रूपले चल्दै छ ।
देशकै एक प्रधानमन्त्रीले अर्को देशका प्रधानमन्त्रीलाई आफ्नो पदको मर्यादा भुलेर ‘काका’ सम्बोधन गर्दा प्रधानमन्त्री पदबाटै राजीनामा दिन बाध्य भइन् ।
भारतमा इन्दिरा गान्धीले धेरै वर्ष शासन गरिन्, दुई छोरा राजिव गान्धी र सञ्जय गान्धी थिए तर छोरी थिएनन् । तर, मातृत्व र वात्सल्यता जोडिएकै विषय भयो – मानवीय भावनाअनुसार । एउटी पत्रकार छोरी प्रवेश गर्छिन् गान्धी परिवारमा ¤ ‘आमा’ शब्दले नै प्रभावित हुँदै इन्दिरा गान्धीले कान्छो छोरो ३३ वर्षका पाइलटलाई आँधीबेहरीकै सम्भावना हुँदा हुँदै दिल्ली आउन बाध्य पारिन् र हवाई दुर्घटनामा सञ्जय बिते । उनकी जहान मेनका गान्धी विपक्षको खेमामा पुगिन् ।
एक शिख नेता भिण्डरावालेले पन्जाबको स्वतन्त्रताको निम्ति पन्जाबको राजधानी अमृतसरको स्वर्ण मन्दिरलाई केन्द्र बनाएका थिए । भिण्डरावालेले सम्झौता गर्न अस्वीकार गरेको हुँदा ‘अपरेसन ब्ल्युस्टार’ को कारबाही गर्न प्रधानमन्त्री इन्दिरा गान्धीले आदेश दिइन् र भारतीय सेनाले ११ जून १९८४ मा भिण्डरावाले माथि गोलीको वर्षा गरी हत्या गर्यो ।
प्रधानमन्त्री इन्दिरा गान्धीको आवासमा शिख सेना नै सुरक्षामा थियो । जातीय भावना भड्केर सुरक्षा गार्डहरूले नै इन्दिरा गान्धीको हत्या गरे । त्यसबेला उनी ६६ वर्षकी मात्र थिइन् । त्यस घटनामा भारतका पन्जाबी जातिमाथि ठुलो विरोधी लहर फैलियो र धेरै शिखहरू मारिए ।
उनको ठाउँमा जेठो छोरा राजीव गान्धीलाई सन् १९८४ देखि १९८९ सम्म प्रधानमन्त्री बनाइए र २ डिसेम्बर १९८९ को दिन दक्षिण भारतमा उनी पनि एक षड्यन्त्रमूलक काण्डमा मारिए । उनी त्यसबेला ४६ वर्षका थिए । उनकी श्रीमती सोनिया एक इटालियाली छोरी हुन् ।
भारतको स्वतन्त्रता आन्दोलनको बेला शिखहरूको जनसङ्ख्या २ प्रतिशत थियो भने भगत सिंहजस्तै अन्य धेरै सहिदहरूले ज्यान सजाय, जन्मकैद र लामा लामा सजाय पाउनेको प्रतिशत १२ मानिन्थ्यो । लामो अवधिसम्म भारतमा भारतीय काङ्ग्रेसको सरकारलाई सायद संसारकै दक्षिणपन्थीहरू मन पराउँदैनथे । यसकारण, अनेक अनेक षड्यन्त्र गर्दै काङ्ग्रेस सरकार र त्यस राजनीतिक दललाई कमजोर बनाउँदै ‘जनसङ्घ’ बाट भाजपाको मोदी सरकारको प्रभाव दक्षिण एसियामा फैलाउन विश्व साम्राज्यवाद सक्रिय देखिन्छ भन्ने विश्लेषण गरिन्छ ।
यसकारण कुनै पनि देशका सरकारको नेतृत्व दिने परिवार र नेताहरूका छोराछोरीहरूको कमजोरीले संसारलाई नै नकारात्मक असर पार्ने सम्भावना छ । यसकारण केन्द्रमा होस् वा प्रदेशमा वा स्थानीय निकायका नेतृत्वदायी परिवारहरूले जात–भाषा, नाता–गोता, विवाह वा अन्य स–साना कमजोरीहरूबाट समेत नेपाली जनताले पनि दरबारदेखि गाउँ र सहरको राजनीतिमा प्रभाव पार्नेबारे गम्भीर हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *