ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
ब्राजिलले विश्व कप फुटबल पाँच पटक जितिसकेको छ । यो वर्ष रुसमा हुने विश्व कपमा पनि ब्राजिलले छैटौं पटक जित्ने भरपूर प्रयास गर्नेछ । तर ब्राजिलका विख्यात खेलाडी पेलेले आउँदो विश्वकप जित्न ब्राजिलको टिम अझै तयार नभएको बताएका छन् ।
‘प्रशिक्षक टेटेमाथि मलाई पूर्ण विश्वास छ । तर मेरो चिन्ताको विषय अर्कै छ । विश्व कप शुरु हुन केही दिन मात्र बाँकी छ तर हामीले अझै पनि राम्रो टिम बनाउन सकेका छैनौं । व्यक्तिगत रुपमा सबै खेलाडीहरु राम्रा छन् र हामीसँग राम्रो टिम बनिसकेको छैन ।’ पेलेले बुधबार रोयटर्सलाई भने ।
ब्राजिलका उत्कृष्ट मानिएका खेलाडी नेयरमारबारे प्रक्रिया दिंदै पेलेले भने,‘नेयरमा मेरो लागि संसारकै सबभन्दा राम्रो खेलाडीमध्ये एक हुन् । आज उनी निकै परिपक्व बनिसके । उनी धेरै अनुभवी भइसके । तर उनी एक्लै राम्रो भएर विश्व कप जित्न सकिन्न । विश्व कप जित्न राम्रो टिम हुन जरुरी छ ।’
विगतको स्मरण गर्दै पेलेले भने,‘ब्राजिलको सबभन्दा राम्रो फुटबल टिम सन् १९७० मा थियो । तोसताओ, रिभेलिनो, गेरसन र पेले सबै जना त्यो टिममा थियो । सन् १९७० को विश्वकपको तयारीको लागि हामी सबै जना ६ महिनाभन्दा बढी समय सँगै बसेका थियौं । त्यही भएर हामी विश्वले कप जित्न सक्यौं ।’
ब्राजिलले यो वर्ष तीन वटा मात्र मैत्रीपूर्ण खेल खेलेको र भियनामा अष्ट्रियाविरुद्धको एउटा मात्र वार्म अप फाइनलको सामना गर्नु पुग्दो नभएको उनको भनाई थियो ।
ब्राजिलमा समावेश भएका अधिकांश खेलाडी घाइते भएकाले पनि ब्राजिलसामु रुस विश्व कप चुनौतिपूर्ण भएको उनको भनाई थियो ।
टेलिसुर
Leave a Reply