भर्खरै :

जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५२

जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५२

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माको व्यहोराः
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन गरिबी, बेरोजगारी, बढ्दो आर्थिक असमानता र राज्यको कमजोर सेवा प्रवाहको परिणामस्वरुप उत्पन्न भएको सामाजिक विस्फोट हो । विदेशमा रहेका करिब ८० लाख नेपाली देशको अवस्था देखेर चिन्तित छन् । राज्यको उत्तरदायित्व शून्य हुनु नै यो आन्दोलनको मूल जड हो ।
उद्योग वाणिज्य महासङ्घ, नेपालको व्यहोरा
राज्य सञ्चालन प्रणाली, राज्य सञ्चालकको भूमिका र क्रियाकलापको विरोधमा भएको युवा पुस्ताको आन्दोलनले रोजगारी, आर्थिक समृद्धि तथा आर्थिक तथा सामाजिक विकासको माग गरेको स्पष्ट देखिन्छ । युवा पुस्ताले नूतन प्रविधिमा आधारित व्यवसायको विकासमार्फत उद्यमशीलता र रोजगारी सुनिश्चितताको अपेक्षा गरेका छन् ।
पुँजी, उद्यमशीलता र प्रविधिको उपयोगमा निजी क्षेत्रको सम्भावनालाई पूर्ण परिचालन नगरेसम्म अर्थतन्त्रको विकासको आधार तयार हुँदैन । आन्दोलनको क्रममा निजी क्षेत्रमाथि गरिएको प्रहार, रोजगारीको आधारका रूपमा रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठान र उद्यमीको निजी सम्पत्तिमा गरिएको श्रृङ्खलाबद्ध आक्रमण तथा आगजनीबाट निजी क्षेत्रको मनोबल कमजोर हुँदा रोजगारी सिर्जना गर्ने क्षेत्रमा ठुलो लगानी गर्ने साहस र चाहना अझै पूर्णरूपमा जागृत हुन सक्ने अवस्था देखिँदैन ।
आन्दोलनको कारण निजी क्षेत्रलाई परेको पीडा र हानिको कुनै मौद्रिक मूल्य नभए तापनि आगामी दिनमा यस प्रकारको घटनाको पुनरावृत्ति हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारले “निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धन रणनीतिक योजना स्वीकृत गरी लागू गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *