हर्मुज जलडमरु नियन्त्रणको लागि संरा अमेरिका र इरानबिच लडाइँ तीव्र
- असार २९, २०८३
भक्तपुर, २९ असार । वागीश्वरी माविमा अध्ययनरत विद्यार्थीबिच सोमबार कविता प्रतियोगिता सम्पन्न भयो ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्तीको अवसरमा भएको उक्त प्रतियोगितामा विद्यालयका पूर्वसहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले आदिकवि आचार्यद्वारा रचित कविता वाचन गर्नुका साथै आदिकविको योगदानबारे चर्चा गर्नुभयो ।
वागीश्वरी मा.वि. नेपालकै नमुना विद्यालयहरूमा पर्ने उल्लेख गर्दै उहाँले अनुशासित र लगनशील भई अध्ययन गर्न विद्यार्थीलाई सल्लाह–सुझाव दिनुभयो ।
निर्णायकको तर्फबाट नतिजा प्रस्तुत गर्दै शिक्षक हिरालाल फुँयालले वाचित कविताबारे चर्चा गर्नुभएको थियो । प्रतियोगितामा बन्धना शाही पहिलो, सृष्टि तिमिल्सिना दोस्रो, मनिसा पुन तेस्रो र अञ्जली डोङ प्रोत्साहन पुरस्कार जित्न सफल भएको थियो ।
Leave a Reply