भर्खरै :

सर्लाहीमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

सर्लाहीमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

सर्लाही, १९ भदौ । नेपाल मजदुर किसान पार्टी सर्लाहीको आयोजनामा चन्द्रनगर गाउँपालिकामा बुधबार भक्तपुर काण्डको भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोज साहले नेमकिपाले पञ्चायती चुनावमा भाग लिएर देश र जनताको निःस्वार्थ सेवा गरेको र जनतालाई माक्र्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधाराबाट प्रशिक्षण गरेको पञ्चायतलाई सह्य नभएकोले २०४५ साल भदौ ९ गते पञ्चायत सरकारले नेमकिपाका नेता र कार्यकर्ताविरूद्ध झुटा ज्यान मुद्दा लगाएको बताउनुभयो ।
शोषणरहित समाज हुने, शिक्षा–स्वास्थ्य निःशुल्क र अनिवार्य तथा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त तथा उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण हुने व्यवस्था नै समाजवादी व्यवस्था भएको स्पष्ट पार्दै उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा सर्लाहीका संयोजक रमाकान्त कापरले भक्तपुर काण्डबारे नयाँ पुस्ता जानकारी गराउनु जरूरी भएकोले कार्यक्रम आयोजन गरिएको बताउनुभयो ।
उहाँले नेमकिपा जातीय र क्षेत्रीय पार्टी नभई वर्ग सङ्घर्ष अगाडि बढाउने पार्टी भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सहभागीहरूले राख्नुभएको जिज्ञासालाई अतिथिहरूले स्पष्ट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *