नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
सिङ्गापुर, २७ जेठ । प्रजग कोरिया र संरा अमेरिकाका राष्ट्रप्रमुखबीचको बहुप्रतिक्षित शिखर वार्तामा सहभागी बन्न प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन आइतबार अपरान्ह सिङ्गापुर पुग्नुभएको छ ।
उन एयर चाइना ७४७ विमानमा प्योङयाङबाट सिधै सिङ्गापुर पुग्नुभएको हो । सिङ्गापुरको चाङ्गी विमानस्थलमा उनलाई सिङ्गापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले स्वागत गर्नुभएको थियो ।
‘अध्यक्ष किम जङ उनलाई स्वागत गरियो । उनी भर्खरै मात्र सिङ्गापुर पुग्नुभएको छ ।’ भिभियन बालाकृष्णनले आफ्नो ट्वीटरमा लेख्नुभएको थियो ।
किमले आइतबार नै सिङ्गापुरका प्रधानमन्त्री ली सियन लुङलाई भेट्नुभएको त्यहाँको विदेशमन्त्रालयले जनाएको छ ।
किम सिङ्गापुरको सेन्ट रेगिस होटलमा बस्नुभएको थियो ।
प्रजग कोरियाली वरिष्ठ अधिकारीहरुको एक टोली भने शनिबार नै सिङ्गापुर पुगेको थियो ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आइतबार राति ८ः३५ बजे सिङ्गापुर पुग्नुभयो । उनलाई बास बस्न होटल साङ्ग्रिलामा बन्दोबस्त गरिएको थियो ।
ट्रम्पसँगै विदेश सचिव माइक पोम्पो, राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन, राष्ट्रपति कार्यालयका मुख्य सचिव जोन केली र सञ्चार सचिव साराह स्लान्डर सिङ्गापुर पुग्नुभएको थियो । संरा अमेरिकी टोली जी–७ को शिखर सम्मेलन भएको क्यानाडाको क्युबेक शहरबाट सिधै सिङ्गापुरको लागि उडेको थियो । क्युबेकबाट उड्नुअघि संरा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू ‘सकारात्मक भावनाका साथ’ किमसँगको वार्तामा सहभागी हुने प्रतिक्रिया दिनुभएको थियो ।
‘यस्तो घटना कहिल्यै पनि भएको थिएन न त यस्तो प्रयोग कहिल्यै भएको थियो । त्यसकारण हामी साँच्चै सकारात्मक भावनाका साथ त्यहाँ जाँदैछौं ।’, ट्रम्पले भन्नुभयो ।
ट्रम्पले सोमबार सिङ्गापुरका प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
प्रजग कोरिया र संरा अमेरिकाबीचको ऐतिहासिक वार्ता मङ्गलबार बिहान ९ः०० बजेबाट शुरु हुने तय भएको छ ।
Leave a Reply