प्रगति पुस्तकालयद्वारा एडभान्स चित्रकला तालिम सम्पन्न
- श्रावण ८, २०८३
भक्तपुर, ८ साउन । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक शैक्षिक क्यालेन्डर २०८३ बमोजिम दोलागिरि माध्यमिक विद्यालयको आयोजनामा मा.वि. स्तरीय कथा लेखन प्रतियोगिता सम्पन्न भयो ।
उक्त कार्यक्रममा परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले विद्यार्थीलाई ९ ओटा शिक्षासँग सम्बन्धित विभिन्न थरीका सीप सिक्नुपर्ने कुरामा प्रकाश पार्नुभयो । यथार्थपरक या कल्पनापरक जुनसुकै तरिकाबाट कथा लेखे पनि र पढे पनि मानव हितकै सन्देश प्रवाह गर्ने विषयमा हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले कथा, कविता, निबन्धले विद्यार्थीको बौद्धिक विकास गर्न तथा खेलकुद, एथलेटिक्स जस्ता खेलको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो । दोलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवबहादुर खुलिमुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक गौरीशङ्कर केसी र मिलन कोजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा छात्रातर्फ बासु मा.वि.का एलिसा तामाङ प्रथम, वागीश्वरी मा.वि.का खुशी घिमिङ द्वितीय र गणेश मा.वि. भार्वाचोका खुसी लो तृतीय भएका थिए भने छात्रतर्फको कथा लेखनमा देवी मा.वि.का इशप खड्का प्रथम, तारा मा.वि.का रोजिन घेमोसु द्वितीय र गणेश मा.वि. भार्वाचोका आशिष श्रेष्ठ तृतीय भई पुरस्कृत तथा प्रमाणपत्र विजेता हुन सफल भए ।
Leave a Reply