प्रहरी दमन भए पनि सरकारविरोधी युवा आन्दोलन भारतभर फैलियो
- श्रावण ८, २०८३
भक्तपुर, ९ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार एक विशेष समारोहबिच हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार ‘रामशेखरया ख्याल ब्वज्या’ (हास्यव्यङ्ग्य प्रहसन) उद्घाटन गर्नुभयो ।
नाट्यकर्मी समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पार्टी अध्यक्ष बिजुक्छेँले नेपाली साहित्यबारे समालोचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै साहित्य पनि एक सशक्त राजनीतिक हतियार भएको हुँदा देशविरोधी र जनविरोधी कार्यको समाजमा उदाङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलका नेता तथा कार्यकर्ताले इमानदारीपूर्वक काम नगरे देश पछि पर्ने विचार व्यक्त गर्दै उहाँले सिद्धान्त, विचार र व्यवहारिक अनुभव नभइकन नयाँ पुस्ता हुँदैमा सबै बुझ्छ भन्ने भ्रममा बस्न नहुने बताउनुभयो ।
भारत र संरा अमेरिका नमिली सिंहदरबारलगायत देशको सम्पत्ति कसैले ध्वस्त गर्न नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विदेशी शक्ति राष्ट्रले आफ्नो स्वार्थ पूरा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थालाई उपयोग गरिएको हुन्छ । त्यसतर्फ सरकार र जनता जहिल्यै गम्भीर र सचेत हुनुपर्छ ।”
नेपालभाषा साहित्यको नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले हरेक व्यक्ति अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो ।
कलाकारिता क्षेत्रबाट रामशेखर नकर्मी चिनेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “कलाकार रामशेखर आफू नहाँसी अरूलाई हँसाउनमा सफल कलाकार हुनुहुन्थ्यो । राजनीति थाहा नभएको बताउने उहाँ राजनीतिक दल र नेताहरूलाई तीखो व्यङ्ग्य गर्न पछि पर्नुहुन्न ।”
“साहित्य र कलाको माध्यमबाट गोलीले भन्दा बढी मनमा चोट पुग्ने गरी घोचपेच गर्ने क्षमता भएको ‘शेखर दाइ’ हास्यव्यङ्ग्यको सवालमा मात्र होइन धेरै विषयमा जानकार भएका व्यक्ति हुनुुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले जनताको आजु (उद्देश्य) अझै पूरा नभएको हुँदा न्याय, समानता पाउन र देश जोगाउन आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सिंहदरबार, अदालत, सांसद भवनजस्ता देशको सम्पत्तिमा कसले किन आगजनी ग¥यो भन्नेबारे नयाँ पुस्तामाझ विभिन्न साहित्यिक विधाबाट सुसूचित पार्नुपर्नेमा जोड दिँदै उहाँले देश बनाउन र जोगाउन नडराइकन, नझुकिकन साहित्य लेखेर नयाँ पुस्तालाई वैचारिक खुराक दिनुपर्ने बताउनुभयो ।
देश र जनताको निम्ति हरेकले आ–आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले देश र समाजको हित हुने साहित्य कोरेर जनतालाई सचेत र सङ्गठित गर्नु जरुरी छ भन्नुभयो ।
हास्य कलाकार आशाकाजी थकुले समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय, अत्याचारको विरोधमा व्यङ्ग्य गर्नुपर्ने उल्लेख गर्दै ख्याल (हास्यव्यङ्ग्य) विधालाई प्रहसनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
शोषक, सामन्तहरूको विरोधमा लेखेर उनीहरूलाई नै हँसाउने काम ख्यालको उद्देश्य रहेको चर्चा गर्दै उहाँले जनतालाई जागरूक बनाउन, वैचारिक स्तर उठाउन, ख्यालको प्रहसनमा लाग्दा अनेक दुःखकष्ट झेल्नुपरेको समस्याबारे प्रकाश पार्नुभयो ।
नाट्यकर्मी समाज नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापति लक्ष्मीप्रसाद चवालले ‘रामशेखरया ख्याल ब्वज्या’ देखाउन विभिन्न चरणमा विभिन्न प्रयास गरेको जानकारी दिनुभयो ।
नाट्यकर्मी समाजले गरिरहेको गतिविधिबारे प्रकाश पार्दै थियटरको जीर्णोद्वारमा सहयोग गर्ने विभिन्न पक्षको योगदानको स्मरण गर्दै साउन १९ गतेसम्म हरेक दिन साँझ ५ बजे हुने ख्याल प्रहसन हेरी सहयोग गर्न आग्रह गर्नुभयो ।
रवीन्द्रप्रसाद कुसीले ख्याल ब्वज्या (प्रहसन) को आवश्यकताबारे चर्चा गर्नुभयो ।
उद्घाटन समारोहपछि ‘खेल खत्तम’ ख्याल देखाइएको थियो । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले प्रस्तुत गरेको उक्त ख्यालको जय प्रजापतिले निर्देशन गर्नुभएको थियो भने सोको व्यवस्थापन नारायणी खोँजुले गर्नुभएको थियो ।
प्रहसनपछि आशाकाजी थकु र राजेन्द्र श्रेष्ठले ख्यालको समीक्षा गर्नुभएको थियो ।
त्यसरी नै आज आइतबार क्षेरावती द्यः देखाइने छ । ख्वप कलेजले प्रस्तुत गर्ने सो ख्याल राजेन्द्रप्रसाद श्रेष्ठले निर्देशन गर्नुभएको थियो ।
Leave a Reply