मुद्रास्फीति पुँजीवादी अर्थतन्त्रको महारोग
- श्रावण ५, २०८३
भक्तपुर, ९ साउन । निओ फ्युजन स्कूल अफ कम्प्युटरको २१ औँ प्रमाणपत्र, प्रशंसापत्र, सम्मानपत्र तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले विदेशी शक्ति राष्ट्रको सहयोग र इसारामा बनेको सरकारले देश हितको काम नगर्ने स्पष्ट पार्नुभयो ।
वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण गर्न र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको बताउनुभयो ।
सरकारको आलोचना लोकतान्त्रिक अभ्यासको अभिन्न पक्ष भएको र गलत कामको विरोध गर्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीति देश र जनताको हितको लागि हुनुपर्ने बताउनुभयो ।
सरकार सञ्चालन र बजेट व्यवस्थापन गम्भीर विषय भएको र बजेटमा मनपरी ढङ्गले हेरफेर गर्न नहुने उल्लेख गर्दै उहाँले राज्य सञ्चालनमा जिम्मेवारी र अनुशासन आवश्यक पर्ने धारणा राख्नुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले प्रशिक्षार्थीहरूलाई प्राप्त सीपको सदुपयोग गर्दै लग्नुपर्ने र आफ्नो पढाइलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो ।
अहिलेको जीवनशैली प्रविधिमैत्री भएको र प्रविधिको सहजीकरण तथा प्रयोगबिना हाम्रो जीवन सहज नहुने उल्लेख गर्दै उहाँले विज्ञान–प्रविधिको महत्व र आवश्यकताअनुसार हामीले यस्ता ज्ञान र सीप सिक्दै र सिकाउँदै जानुपर्ने बताउनुभयो ।
प्रजग कोरियाका विद्यार्थीहरू अनुशासित, मेहनती र असल भएको स्पष्ट पार्दै उहाँले विद्यार्थीलाई सिर्जनात्मक कार्यमा सहभागी गराउनुपर्ने† खराब सङ्गत र दुव्र्यसनबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले प्रशिक्षणबाट सिकेका सीप र ज्ञान समाज, समुदायको हितको लागि सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक एवं कार्यक्रमका सभापति बालकृष्ण बनमालाले कार्यक्रम सफल पार्न उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीलाई विभिन्न सिर्जनात्मक तालिमसमेत निःशुल्क प्रदान गरिरहेको बताउनुभयो ।
कार्यक्रममा काष्ठकलाका प्रशिक्षक इन्द्रकाजी शिल्पकारलाई सम्मान गरिएको थियो । कम्प्युटर तालिममा यस वर्ष विभिन्न जिल्लाका ६० वटा विद्यालयका २२० जना विद्यार्थी भर्ना भएकोमा १६३ जना नियमित कक्षामा उपस्थित भएका थिए ।
कार्यक्रममा सृजन लवजु, प्रविना बनमाला, बिरज लोहला, बैबिदलक्ष्मी बाहाला र सौरव बज्राचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply