सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
भक्तपुर, १० साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ र पलेस्वं पुचः महिला समिति, झौखेलको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन (२०२५ साउन २ र २०२६ असार १९) को स्मरणमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवम् भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले भ्रष्टाचारविरोधी आन्दोलनको चर्चा गर्दै त्यसबेलाका अग्रज किसान कार्यकर्ताहरु सचेत, सजग, सङ्गठित र सङ्घर्षशील भएकैले जनताको बचत रकम हिनामिना गरी भ्रष्टाचार गर्ने नवदुर्गा बहुमुखी सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरुलाई जनकारबाही गर्न सकेको हो भन्नुभयो ।
“अहिलेसम्म सरकारमा गएका कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताहरु भ्रष्ट मानसिकताबाट टाढा रहेको उदाहरण फेला पर्न सकिएको छैन र त्यसको अर्थ सरकारमा जाने नै भ्रष्टाचार गर्नका लागि हो भन्ने पुष्टि हुन्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा बालमुकुन्द बासुकला, गणेश सुवाल र मुना बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply