नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
काठमाडौं, २९ जेठ । विश्व इतिहासमा १२ जून अर्को एउटा ऐतिहासिक घटनाको लागि स्मरणीय हुनेछ । झण्डै सात दशक लामो कूटनीतिक र सामरिक द्वन्द्वपश्चात् एसियाली समाजवादी देश प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र महाशक्ति देश संरा अमेरिकाबीच संवादको थालनी भएको छ । दुई देशबीच सन् १९५० देखिको युद्ध औपचारिक रुपमा समाप्त हुने विश्वासिलो वातावरण बनेको छ ।
मङ्गलबार सिङ्गापुरको सेनतोसा टापुमा अवस्थित कापिल्ला होटलमा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तासँगै लामो समयदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका दुई देशबीच उच्चस्तरीय संवादको ढोका उघारिएको हो ।
अनेकन आशङ्का, सन्देह र टिप्पणीबीच मङ्गलबार सिङ्गापुरको स्थानीय समयअनुसार बिहान ९ः१० बजे दुई नेताहरूबीच प्रथम ऐतिहासिक भेटघाट भएको थियो । सुरुको भेटघाटबाटै दुवै जना नेताहरू वार्ताप्रति उत्साहित देखिएका थिए ।
‘यहाँसम्म आउन सजिलो थिएन । विश्वले एउटा महत्वपूर्ण परिवर्तन देख्नेछ ।’, दुई नेताबीचको पहिलो भेटपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै किमले भनेका थिए ।
‘हामीसँग त्यस्तो विगत थियो जसले हाम्रा खुट्टाहरू खुम्च्याएर राखेको थियो र हाम्रा आँखा र कानहरू पुराना पूर्वाग्रह र व्यवहारले टम्म भरिएका थिए । ती सबैलाई पराजीत गरेर आज हामी यहाँ छौं ।’, उनले भने ।
ट्रम्पले नेता किमसँग भेट्नु आफ्नो निम्ति गौरवको कुरा भएको बताउँदै प्रजग कोरियाली नेतासँग आफ्नो बृहत् आकारको सम्बन्ध हुने बताएका थिए ।
झण्डै आधा दिनसँगै बिताएपश्चात् किम र ट्रम्पले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए । जारी वक्तव्यमा प्रजग कोरियाको सुरक्षा सुनिश्चित हुने अवस्थामा कोरियाली प्रायःद्वीपलाई पूर्णरुपमा आणविक निःशस्त्रीकरण गर्न दुवै देश सहमत भएका छन् ।
संयुक्त वक्तव्यमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे भने किमले कोरियाली प्रायःद्वीपको पूर्ण आणविक निःशस्त्रीकरणमा आफ्नो दृढ र अविचलित प्रतिबद्धता व्यक्त गरे । दुवै नेताले प्रजग कोरिया र संरा अमेरिकाबीच नयाँ सम्बन्ध स्थापना र प्रायःद्वीपमा दिगो र विस्तारित शान्ति निर्माणबारे ‘बृहत्, गहन र इमानदार विचार आदानप्रदान’ भएको वक्तव्यमा उल्लेख छ ।
उनीहरूबीच शान्ति र समृद्धिको लागि दुवै देशका जनताको चाहनाअनुसार प्रजग कोरिया र संरा अमेरिकाबीच नयाँ सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।
वक्तव्यमा प्रजग कोरिया र संरा अमेरिकाबीचको नयाँ सम्बन्धले कोरियाली प्रायःद्वीप र सम्पूर्ण विश्वमा शान्ति र समृद्धि ल्याउन योगदान गर्ने र आपसी विश्वास निर्माणले प्रायःद्वीपको आणविक निःशस्त्रीकरणको काम पूरा हुनसक्नेमा दुवै देशका नेताहरू विश्वस्त भएको उल्लेख छ ।
वार्ताले गएको अप्रिल २७ मा दुई कोरियाको सीमावर्ती पानमुनजोम गाउँस्थित शान्तिगृहमा सम्पन्न तेस्रो अन्तरकोरियाली शिखर वार्तामा प्रजग कोरियाका सर्वोच्च नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले हस्ताक्षर गरेको संयुक्त घोषणापत्र अनुमोदन गर्दै प्रजग कोरिया कोरियाली प्रायःद्वीपको पूर्ण निःशस्त्रीकरणका लागि प्रतिबद्ध रहने बताइएको छ ।
प्योङयाङ र वाशिङ्टन सन् १९५०–५३ मा भएको कोरियाली युद्धका युद्धबन्दीका अवशेष र बेपत्ताहरूको खोजी गर्न पनि प्रतिबद्ध भएका छन् । साथै पहिचान भइसकेका युद्धबन्दी र बेपत्ता लडाकूहरूका अवशेष फिर्ता गर्न पनि दुवै नेताहरू सहमत भएका छन् ।
किम र ट्रम्पले दुई देशबीच दसकौंबाट रहेका तनाव र निर्ममतालाई पराजीत गर्दै आपसी सम्बन्धमा एउटा नयाँ भविष्यको सुरुवात गर्न सिङ्गापुर वार्ता फलदायी भएको बताए ।
दुई नेताबीच भएका सहमतिको पूर्ण र विस्तारित कार्यान्वयनको लागि आगामी दिनलाई पनि वार्ता र संवाद जारी राख्ने सहमति भएको छ । त्यस्तो वार्ताको लागि संरा अमेरिकाले विदेश सचिव माइक पोम्पोलाई जिम्मेवारी दिएको छ । पोम्पो र कोरियाली उच्चअधिकारीबीच सकेसम्म चाँडो अर्को बैठक हुने पनि बताइएको छ ।
किम र ट्रम्पबीच झण्डै चालीस मिनेट दुई जना भाषा सहयोगीहरूमात्र राखेर एक्लाएक्लै वार्तालाप भएको थियो । सो वार्तापश्चात् दुवै देशका उच्चस्तरीय अधिकारीहरू सम्मिलित ठूलो आकारको वार्ता भएको थियो । वार्तामा दुवै देशका कूटनीतिक तथा सुरक्षा निकायका जिम्मेवार अधिकारीहरू सहभागी थिए ।
वार्तापश्चात् आयोजित कार्यमूलक दिवाभोजमा दुवै देशका थप सरकारी अधिकारीहरू सहभागी भएका थिए ।
पत्रकारहरूसँगको भेटघाटमा बोलक्कड ट्रम्प धेरै बोलिरहेका थिए भने उनीसँगैका नेता किम भने अधिकांश समय मीठो मुस्कानका साथ प्रस्तुत भएका थिए । उनले निकै कम शब्दमात्र बोले पनि बोलेका शब्द निकै ओजिलो थिए ।
दुई नेताबीचको भेटघाटमा ट्रम्पले किमसँग बारम्बार हातमात्र मिलाएनन् बरु बारम्बार किमको शरीर पनि हल्का छुने गरेका थिए । बदलामा होचो कदका किमले पनि ट्रम्पको शरीरमा हल्का स्पर्शहरू गरेका थिए ।
दुई नेताको बिदावारीपश्चात् आयोजित पत्रकारहरूसँगको भेटघाटमा ट्रम्प निकै खुलेर प्रस्तुत भएका थिए । उनले चाँडै प्योङयाङमा संरा अमेरिकी दूतावास स्थापना हुने सम्भावना भएको बताएका थिए । प्रजग कोरियामाथि संरा अमेरिकी नाकाबन्दी अन्त्यको बारे बोल्दै ट्रम्पले आणविक हतियार नष्ट हुने क्रम सुरु भएसँगै नाकाबन्दी पनि हट्दै जाने बताए । प्रजग कोरियासँग वार्ताप्रति आपत्ति जनाउँदै आएका आफ्ना राजनीतिक विपक्षीहरूलाई जवाफ दिंदै ट्रम्पले भने, ‘युद्ध त जोकोहीले गर्नसक्छ, शान्ति स्थापना भने वीर मानिसले मात्र गर्नसक्छ ।’
ट्रम्पले पत्रकार भेटघाटमा आफू संसारभर रहेका संरा अमेरिकी सेना फिर्ता गर्ने पक्षमा रहेको र आफूले चुनावको समयमा सोही विचार राखेको बताएका थिए । उनले दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेना फिर्ता गर्न सकिने सङ्केत गरेका थिए । हाललाई उनले दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका सबै सैनिक अभ्यास बन्द गर्ने घोषणा गरे ।
सिङ्गापुर आउनुअघि क्यानाडामा ट्रम्पले किमसँग आफ्नो वार्ता फलदायी हुन्छ–हुँदैन भन्ने कुरा सुरुका केही मिनेटमै थाहा हुने बताएका थिए । तर मङ्गलबारको वार्ताबाट उनी निकै उत्साहित रहेको उनका अभिव्यक्तिमा बारम्बार प्रयोग भएका ‘निकै ठूलो’, ‘विशाल’, ‘निकै सफल’ आदि शब्दबाट बुझ्न सकिने पर्यवेक्षकहरूले भनेका छन् । ट्रम्पले वैज्ञानिक रुपमा आणविक निःशस्त्रीकरणको प्रक्रियाले लामो समय लाग्ने पनि बताए । ‘प्रमुख कुरा प्रक्रिया निःशस्त्रीकरणतर्फ जानुप¥यो ।’
उनले कोरियाली प्रायः द्विपमा सैनिक राख्नु संरा अमेरिकाको लागि निकै खर्चिलो भएको बताए । ‘ग्वामबाट विमान उडाइरहनु कति खर्चिलो हुन्छ भन्ने कुरा अरु कसैलाई भन्दा बढी मलाई थाहा छ ।’, व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका ट्रम्पले भने । दुवै नेताहरू मङ्गलबार नै आ–आफ्नो देशमा फर्किसकेका छन् ।
Leave a Reply