विजयको ७३ औँ वार्षिकोत्सव तथा पितृभूमि मुक्ति युद्धमा लडेका सैनिकहरूको सम्मानमा परेड
- श्रावण १३, २०८३
पेइचिङ, १४ साउन (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले जुलाई ३० मा बैठकको आयोजना गरी यस वर्ष अक्टोबरमा पेइचिङमा २० औं चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण सत्र बोलाउने निर्णय गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले केन्द्रीय समितिलाई आफ्नो कामको रिपोर्टिङ गर्ने र व्यापक र कडा पार्टी अनुशासनको निरन्तर प्रगतिसँग सम्बन्धित धेरै प्रमुख मुद्दाहरूको अध्ययन अनुसन्धान गर्ने एजेन्डामा समावेश छ ।
बैठकले वर्तमान आर्थिक अवस्थाको पनि विश्लेषण ग¥यो र वर्षको दोस्रो आधामा आर्थिक कार्यको व्यवस्थापन गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुभएको थियो ।
बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनदेखि पार्टी अनुशासनलाई व्यापक रूपमा सुदृढ पार्ने, शताब्दी पुरानो पार्टीको लागि आत्म–क्रान्तिको नयाँ क्षेत्र खोल्ने, पार्टी र देशको उद्देश्यमा ऐतिहासिक उपलब्धि र रूपान्तरणहरूलाई प्रवद्र्धन गर्ने काममा ठुलो उपलब्धि हासिल गरेको छ ।
पार्टी र जनताले बलियो पार्टी र बलियो देश निर्माण गर्ने ऐतिहासिक पहल हासिल गरेका छन् । बैठकले उल्लेख गरेअनुसार यस वर्षको सुरुदेखि सी चिनफिङकेन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले सम्पूर्ण पार्टी र देशभरका सबै जातीय समूहका जनतालाई एकताबद्ध र नेतृत्व गरेको छ । दृढ सङ्कल्प र कडा परिश्रमका साथ अगाडि बढिरहेको पार्टीले, घरेलु र अन्तर्राष्ट्रिय मामिलाहरू समन्वय गर्ने सिद्धान्त पालना गर्दै, विकास र सुरक्षा सन्तुलन गर्दै आएको छ ।
विभिन्न बाह्य झट्का र आन्तरिक कठिनाइहरूको प्रभावकारी रूपमा प्रतिक्रिया दिनुका साथै चीनको अर्थतन्त्रले नयाँ गति र अनुकूलित संरचनाको विकास प्रवृत्ति देखाएको पनि जनाइएको छ । बैठकले घरेलु मागलाई प्रभावकारी रूपमा विस्तार गर्ने, विभिन्न समूहहरूको उपभोग आवश्यकताहरू पूरा गर्न उच्च–गुणस्तरको आपूर्ति विस्तार गर्ने र सेवा उपभोगको सम्भावनालाई प्रयोग गर्ने आवश्यकतामा जोड दियो ।
बैठकले पारस्परिक लाभदायक अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सहयोगको लागि ठाउँ विस्तार गर्ने, सेवा व्यापारलाई जोडदार रूपमा विकास गर्ने र सन्तुलित व्यापार विकासलाई प्रवद्र्धन गर्ने आवश्यकता औँल्यायो । यसले विदेशी लगानीको लागि व्यवस्थापन प्रणाली र व्यापक विदेशी सेवा प्रणालीमा सुधार गर्ने र सक्रिय रूपमा विदेशी लगानी आकर्षित गर्ने र उपयोग गर्ने महत्वमा पनि जोड दिएको छ ।
चीन कुनै पनि प्रकारको आणविक हतियार प्रतिस्पर्धामा सहभागी हुँदैन : चीनको परराष्ट्र मन्त्रालय
यसैबिच जुलाई ३० का दिन चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ । यस वर्ष ‘व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि’ भएको ३० वर्ष पूरा भएको छ भने चीनले आणविक परीक्षण स्थगन गरेको ३० वर्ष पूरा भएको छ । ३० वर्षमा चीनले आणविक परीक्षण स्थगन गर्ने प्रतिबद्धतालाई निरन्तर पालना गर्दै आएको छ र आणविक परीक्षण निषेध अन्तर्राष्ट्रिय सहमति बनिसकेको छ ।
प्रवक्ता माउ निङले भन्नुभयो, “विगत ३० वर्षमा चीनले ‘आणविक परीक्षण स्थगन’ गर्ने आफ्नो प्रतिबद्धतालाई सधैँ कायम राखेको छ र अन्तर्राष्ट्रिय आणविक परीक्षण निषेध प्रयासलाई सक्रिय समर्थन गर्दै आएको छ । ‘व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि’मा हस्ताक्षर गर्ने पहिलो राष्ट्रमध्येको एकको रूपमा रहेको चीनले सन्धिको उद्देश्य र लक्ष्यलाई दृढतापूर्वक समर्थन गर्दछ† सन्धि शीघ्र प्रभावकारी होस् भन्ने कुराको समर्थन गर्दछ; विकासोन्मुख राष्ट्रको क्षमता निर्माणलाई सहयोग गर्दछ र आन्तरिक सन्धि कार्यान्वयन तयारी कार्यलाई सक्रिय रूपमा अघि बढाउँदछ, जसले सन्धिको सार्वभौमिकता र प्राधिकारिताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”
Leave a Reply