भर्खरै :

२६१५ औँ धर्मचक्र प्रवर्तन दिवस मनाइयो

२६१५ औँ धर्मचक्र प्रवर्तन दिवस मनाइयो

भक्तपुर, १४ साउन । नगदेश बौद्ध समूह र बौद्ध ल्याय्म्ह पुचः नगदेशको संयुक्त आयोजनामा ‘२६१५ औँ धर्मचक्र प्रवर्तन दिवस’ नगदेश बुद्ध विहारको धम्महलमा मनाइयो ।
उक्त कार्यक्रममा चालु वर्षको वर्षावास अधिष्ठान गर्न आउनुभएका मित्रराष्ट्र थाइल्यान्डका श्रद्धेय भिक्षु खनोङगले अष्टशील र पञ्चशील ग्रहण गराई बुद्ध पूजा गर्नुभयो ।
समूहका अध्यक्ष उपासक कृष्णकुमार प्रजापतिले बौद्ध जगत्मा असार पूर्णिमाको महत्वबारे चर्चा गर्नुभयो । शान्तिका महानायक बुद्ध यही पूर्णिमाकै दिन तथागतले प्राप्त गरेको सम्बोधि ज्ञान सर्वप्रथम कपिलवस्तुस्थित द्रोणग्राम निवासी पञ्चभद्र वर्गीय भिक्षुहरू – कोण्डण्य, वप्प, भद्दिय, महानाम र अस्सजिलाई धर्मोपदेश गरी सर्वप्रथम धर्मको चक्र चलाई प्रवर्तन गर्नुभएकोले बौद्ध साहित्यमा ‘धर्मचक्र प्रवर्तन दिवस’ भनी उल्लेख भएको पाइन्छ । यसरी बुद्धले धर्मचक्र प्रवर्तन गर्नुभएको यस वर्षको पूर्णिमाबाट २६१५ वर्ष भइसक्यो । यही अवसरमा नगदेश बुद्ध विहारको माथिल्लो तल्लाको पूर्वी मोहडाको कौशीमा शान्तिका महानायक, तथागत, गौतम बुद्धको मूर्ति, श्रद्धालु दाताहरू उपासक बाबुकाजी दुवाल र लक्ष्मीभक्त घजुले प्रदान गर्नुभएको मूर्ति र अर्को शान्तिका महानायक बुद्धको फाइबरको मूर्ति जसको श्रद्धालु मूर्ति दाता नवीन प्याथःले प्रदान गर्नुभएको मूर्तिको अखिल नेपाल भिक्षु महासङ्घ र धर्मोदय सभा केन्द्रका अध्यक्ष श्रद्धेय भिक्षु विशाल धम्मशोभन महास्थविरले समुद्घाटन गर्नुभयो ।
सो कार्य करिब रु. तीन लाखको लागतमा निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *