२६१५ औँ धर्मचक्र प्रवर्तन दिवस मनाइयो
- श्रावण १५, २०८३
भक्तपुर, १४ साउन । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण न.पा ६, नगरकोटको आयोजनामा २०२५ साल साउन २ र २०२६ असार १९ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा, चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको चर्चा गर्दै त्यसबेला अग्रज किसान कार्यकर्ताहरू सचेत र सङ्गठित नभएका भए जनताको बचत रकम हिनामिना गरी भ्रष्टाचार गर्ने नवदुर्गा बहुमुखी सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरूलाई जनकारबाही गर्न सकिँदैनथ्यो भन्नुभयो ।
उहाँले किसानहरूको हितमा मोहियानी हक दिलाएको, बाली काट्ने आन्दोलन गरेको, भर्पाई आन्दोलनजस्ता महत्वपूर्ण आन्दोलनहरू गरेको बारे स्पष्ट पार्नुभयो ।
उहाँले झण्डै दुईतिहाइ बहुमतबाट बनेको रास्वपा सरकारले देश र जनताको हितमा काम गर्न नसकेको र उल्टै देश र जनताको अहितमा कार्य गरेको बताउनुभयो । उक्त कार्यक्रममा नेमकिपा, चानपा – ५ का सचिव सरोज तामाङ र एल. एन. लिगलले पनि भ्रष्टाचार र समसामयिक विषयमा बोल्नुभएको थियो ।
Leave a Reply