सम्भाषण : रोहितको “जेलका चिट्ठीहरू”
- श्रावण १०, २०८३
भक्तपुर, १५ साउन । सरस्वती विद्यागृह मा.वि. लामगालले शुक्रबार एक समारोहको आयोजना गरी शैक्षिक गीतको भिडियोको विमोचन गरेको छ । सुविख्यात गायिका आङछोइ डोल्माको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा उहाँले गीति भिडियो विमोचन गर्दै नेपाली भाषाको मौलिकतालाई बिगार्न नहुनेमा जोड दिनुभयो ।
नेपाली समाजको विनम्रताको संस्कृतिलाई संवर्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षित छोराछोरीहरूले अनपढ आमाबाबुको सद्भावको सम्मान गर्न जान्नुपर्ने बताउनुभयो ।
आफू ५ कक्षामात्र पढे पनि गुम्बामा स्वाध्ययन गरेरै पनि जीवनलाई चाहिने व्यावहारिक ज्ञानार्जन गर्न सकिने अनुभव सुनाउँदै उहाँले जस्तोसुके बाधा व्यवधानको सामना गरेर भए पनि अध्ययनलाई नछोड्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
गीतलाई दुःख–सुखमा पनि गाउन सक्ने, गुम्बामा पनि गुनगुनाउने भन्दै उहाँले सिकाइ कहिल्यै नटुङ्गिने प्रक्रिया हो, सधैँ सिक्ने बानी बसाल्नु, मनमा कहिल्यै अहङ्कार पलाउन दिनुहुन्न भन्नुभयो ।
‘फूलको आँखामा फूलै संसार’ भन्ने गीत बौद्ध दर्शनको हुनाले आफूले गाउँदा राम्रै दक्षिणा पाएको चर्चा गर्दैै उहाँले पुस्तकको माया गर्ने, आमाबुबाप्रति श्रद्धा गर्ने संस्कृति जोगाउने र यहाँका मठ मन्दिरहरूको इतिहास जान्नुपर्नेमा जोड दिनुभयो ।
गीति भिडियोका गायक गायिका विद्यार्थीहरूको स्वरको प्रशंसा गर्दै उहाँले गायन कलालाई निरन्तरता दिन पनि सुझाव दिनुभयो ।
समारोहमा वरिष्ठ सङ्गीतकार राजु सिंहले भक्तपुर इमानदारहरूको सहर भन्दै साङ्गीतिक क्षेत्रमा भक्तपुरको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
गायक गायिका विद्यार्थीहरूको उज्ज्वल भविष्य देखेको चर्चा गर्दैै उहाँले सस्तो लोकप्रियताको दौडले सङ्गीत डुब्न सक्छ, हामीले सङ्गीतलाई डुबाउने हैन बरू हामी सङ्गीतमा डुब्ने हो भन्नुभयो ।
साङ्गीतिक फाँट अत्यन्त विशाल भएको बताउँदै उहाँले जसले जति सिके पनि सङ्गीतको भण्डार नसकिने हुँदा आजको ‘विद्यार्थी हौँ ….’ भिडियोबाट पनि आफूले धेरै सिक्न पाएको चर्चा गर्नुभयो ।
अब हरेक स्कूलमा सङ्गीत शिक्षक हुनुपर्ने उल्लेख गर्दै उहाँले सङ्गीतको यात्रा सगरमाथा चढ्नु जतिकै गा¥हो भएको अनुभव सुनाउनुभयो । उहाँले यस क्षेत्रमा सधैँ मौलिक गीतको खाँचो भइरहने अवस्थामा ‘विद्यार्थी हौँ’ ले थोरै भए पनि त्यो खाँचो पूर्ति हुने विचार पनि व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको समारोह एउटा साङ्गीतिक कक्षा नै भएको बताउँदै स्कूलको यो शैक्षिक भिडिओ समाजको लागि एउटा उपहार हो भन्नुभयो ।
नयाँ पुस्ता गलत बाटोमा लाग्न सक्ने खतरा रहेको अवस्थामा विद्यालयले एउटा सकारात्मक काम गरेर नयाँ पुस्तालाई सकारात्मक संस्कार सिकाएको भन्दै उहाँले गीतको नाममा समाजलाई अपाच्य गीत भिडियो हुन नहुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालै बजारमा एउटा भिडियो गीतले सा¥है बदनामी कमाइरहेको छ; नाचगानको सर्वत्र बहिष्कारको कुरा उठिरहेको छ ।”
विद्यालयका प्रधानाध्यापक गनुराज साम्पाङ राईले स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहमा गायक गायिका विद्यार्थीहरू, गीतकार हरिहर तिमिल्सिना र सङ्गीतकार सन्तोष दुमी राईसँग सञ्चारकर्मी मतिना त्वानावासुले अन्तरक्रिया पनि गर्नुभएको थियो ।
भिडियोको निर्देशन प्रअ गनुराज साम्पाङले गर्नुभएको थियो भने समारोहमा शिक्षक ज्ञानसागर प्रजापतिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply