भर्खरै :

सातौँ दिन पनि आस्था थियटरमा नेपालभाषाको ख्यालः ब्वज्या चालू

सातौँ दिन पनि आस्था थियटरमा नेपालभाषाको ख्यालः ब्वज्या चालू

भक्तपुर, १५ साउन । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्यालःहरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म हुने रामशेखरया ख्यालः ब्वज्या शुक्रबार सातौँ दिनमा पनि चालू रह्यो ।
आस्था थियटरमा सातौँ दिन शुक्रबार श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘तन्त्र टाब्लेट’ नामक ख्याल : नेपालभाषामा प्रदर्शन गरेको छ ।
रामशेखरया ख्यालः ब्वज्याको सातौँ दिन श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालभाषामा प्रस्तुत गरेको ‘तन्त्र टाब्लेट’ नामक ख्यालःको निर्देशन जय प्रजापति र लक्ष्मण तचामोले गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखु तथा व्यवस्थापन रीता साँदले गर्नुभएको थियो ।
प्रस्तुत ख्यालः प्रजातन्त्र स्थापनापछिको नयाँ परिवर्तनमा अनियन्त्रित बजारबाट सर्वसाधारण जनतालाई भएको सास्ती, अन्याय अत्याचारको विरुद्ध बोल्दा प्रशासनले गर्ने विभेद तथा मनपरी तन्त्रलगायत कृषिप्रधान देशमा विदेशबाट कृषिउपज आयात गर्नु परेको बाध्यताको व्यङ्ग्य गरिएको छ ।
प्रहसनपछि नेपालभाषा साहित्य तमुंज्याका सल्लाहकार कान्छा बासुकलाले प्रजातन्त्रको नाउँमा सर्वसाधारण जनताको लाागि आवाज र आश्वासनमात्रै तथा शोषक, पुँजीपति र सामन्त वर्गलाई थप स्वतन्त्रता भएको बताउनुभयो ।
ख्याल : लेखक तथा निर्देशक गणेश सायमीले ख्यालः का मुर्धन्य कलाकार रामशेखर नकर्मी, कृष्ण नापित तथा आशकाजी थकुको अभिनय अभिनयमात्र नभएको बताउँदै जीवन र समाजलाई ऐनाझँै छर्लङ्ग पारी जीवन्त अभिनय गरेको बताउनुभयो ।
सजीव था श्रेष्ठले कलाकारहरूले ख्यालको शीर्षकलाई न्यायपूर्ण अभिनय गरेकोमा प्रशंसा गर्नुभयो ।
ख्यालः ब्वज्याको नवौँ दिन आइतबार सहिद निर्मल– पुष्प स्मृति वाचनालयको तर्फबाट ‘अस्पतालया ज्या’ नामक ख्याल प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *