भर्खरै :

विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रको स्थापना दिवस

विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्रको स्थापना दिवस

भक्तपुर, १५ साउन । भनपा वडा नं ५ चासुखेलस्थित विनाता सांस्कृतिक प्रवद्र्धन केन्द्रको दोस्रो स्थापना दिवस शुक्रबार चण्डेश्वरी मन्दिर परिसर सरसफाइ कार्यक्रम गरी मनाइयो ।
कार्यक्रममा वडा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले अमूर्त सम्पदाको रूपमा चिनिने गीत, सङ्गीत तथा भजनको परम्परालाई जीवित तुल्याउन केन्द्रले योगदान गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले हरेक प्रकारको संस्थाको समुदायप्रति आ– आफ्नो दायित्व हुने हँुदा मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव मनाउने कार्यक्रमको आयोजनाले समुदायमा सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवं सङ्गीतकार बद्रीनारायण ताम्राकारले गीत, गायन र सङ्गीतको सीपको प्रवद्र्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ केन्द्रको स्थापना भरेको बताउनुभयो ।
केन्द्रका सचिव कृष्णप्रसाद दुमरुले सरसफाइ कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा प्रस्ट्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *