भर्खरै :

काठमाडौँमा क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवस मनाइयो

काठमाडौँमा क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवस मनाइयो

काठमाडौँ, १५ साउन । नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवस शुक्रबार काठमाडौँमा मनाइयो ।
नेक्राकिसङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले किसान सङ्घको स्थापना भ्रष्टाचारविरुद्ध, मोहियानी हक आधा पाउने सङ्घर्षबाट भएको बताउँदै स्थापनादेखि नै किसान समस्याको विरुद्ध अगाडि बढेको स्मरण गराउनुभयो ।
पार्टीको लक्ष्यलाई सार्थक पार्न देशमै रासायनिक मल कारखाना खोल्नुपर्ने, गुठी जग्गा जोताहाको हकमा रैकरमा परिवर्तन गर्नुपर्ने र देशको किसानलाई परेको समस्याबारे सडक सङ्घर्ष गरेको अवगत गराउनुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले किसान सङ्घको स्थापना र किसानको हितमा भएको आन्दोलनको स्मरण गर्दै किसानलाई सचेत र सङ्गठित गर्न किसान सङ्घ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य विश्वनाथ प्रजापतिले २०२५ साउन २ गते र २०२६ असार १९ गते किसानहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनबाट किसान सङ्घको स्थापनाको इतिहासबारे बताउनुभएको थियो ।
जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा किसान सङ्घका गुणदास महर्जन र जिल्ला पार्टी समितिका शैलेष डंगोल, बन्दना श्रेष्ठ, काशीलाल डंगोललगायतले किसान सङ्घको इतिहासबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *