भर्खरै :

प्रिय साथी, तिमी चित्त नदुखाउनु

प्रिय साथी, तिमी चित्त नदुखाउनु

प्रिय साथी,
तिमीले टोल–टोल र
गाउँ–गाउँमा स्कूल बनायौ,
समयअनुसार माध्यमिक
अनि कलेज पनि बनायौ रे
त्यहाँबाट धेरै युवाहरू
ठुला–बडा र हाकिम भए
तर, तिनीहरूले तिमीलाई
चिनेका हुँदैनन्
तिमीले चित्त नदुखाउनु !

गाउँ र नगरमा पनि
साथी तिमीले अस्पताल
अनि बनायौ स्वास्थ्य चौकी
स्वास्थ्यकर्मी र उपचार खोज्नेहरू
गए, आए र सेवा लिए
तर, तिनीहरूले तिमीलाई चिन्दैनन्,
किनभने तिनीहरू टाढा–टाढाबाट
आएका होलान् या नयाँ पुस्ता होला !

याद राख प्रिय साथी,
तिमीले बनाएको अस्पतालमा
विदेशले पठाएका डाक्टर अहिले
हाकिम भइसके, उसले तिमीलाई चिन्दैन
उसले त रोगलाई मात्र चिन्छ
पैसा चिन्छ, ऊ अरुको हो
जनतालाई चिन्दैन, मालिकलाई मात्र
चिन्छ, तिमीले चित्त नदुखाउनु !

तिमीले मसँग रिसाएर गर्नेछौ
धेरै प्रश्न, “किन नरिसाउने ?
ती सबैमा मेरो श्रम छ,
मन छ, रोएको ?”

हो, तिमीले नगरमा सफाइ ग¥यौ,
रोगी र रोग घट्यो होला,
आर्थिक प्रगति भयो होला,
गरिबहरूमध्ये केही धनी भए
केही धनी पनि गरिब भए ।

तिनीहरूको गुनासो होला
तिमीसँग प्रिय साथी –
“यो परिवर्तन अन्यायी छ,
पक्षपाती छ आदि !”

प्रिय साथी, तिमी अब आफ्नै घरमा
एक्लै छौ, तिम्रो हातखुट्टा गल्यो होला
तल–माथि गर्न पनि गा¥हो होला !
तिमीले फेरि प्रश्न गर्नेछौ –
“के यो समाज अन्यायी होइन ?”
मेरो प्रिय साथी, तिमीले न्यायको
कुरा ग¥यौ, ठिक्कै छ
तर, थाहा छ ? यो पुँजीवाद हो ।
जहाँ पनि यो यस्तै हो –
तर तिमीले ‘आदर निकेतन’ बनाउन बिस्र्याै
जहाँ ज्येष्ठहरूको उचित सेवा गर्छ
त्यो हो – समाजवाद !
७ साउन २०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *