भर्खरै :

नेपालै के कस्तो !

  • आश्विन २, २०८३
  • जयन्त पौडेल ‘आश्रम’
  • साहित्य
नेपालै के कस्तो !

लौन कोही बताई देउन,
नेपालै के कस्तो
धनी छ कि गरीबै,
या केही छैन ।

हुन त भन्नलाई भन्छन्
नेपाल देशै सुन्दर,
त्यसमाथि जलैको धनी देश
खान भने नपाइने ।

अनि कृषिप्रधानै भन्छन्
खेती गर्ने कसले
मान्छे सबै गए विदेशै
टाटै पल्टियो खेतै

त्यस्तै भन्नलाई थाक्दैनन्
हरियो बन बारे,
तर छैन फेरि त्यस्तो
बरु छ नसुहाउने

भन्दा धार्मिक पक्षै राम्रो,
त्यहाँ पनि त्यस्तै,
छैन भन्याझैँ त्यस्तो
बरु छ अस्त व्यस्तै ।

अब यसरी जताततै
भएपछि अल्पत्रै,
बोल बोल मछडीर्झैँ
न मुखैभरि पानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *