अलिल जिब्रानका तीन वटा साना कथा
- श्रावण १५, २०८३
तिमीले भन्ने छौ – प्रिय साथी
“त्यो टोल र गाउँमा
ज्यान र प्राणले लागे
वर्षौँ वर्ष रात दिन नभनी,
भूकम्पमा देखेँ मैले
आफ्नै घर भत्किँदै
म जिल्लामा थिएँ, त्यही काममा ?
तर, मेरै घरका दराजहरू
छिमेकीहरूले लगे रे,
अन्य छिमेकीहरूले पनि
बाँकी भएका दलिनहरू एक–एक
लगे सबैले छानी छानी ।”
“प्रिय साथी, मैले कार्यकर्तासँग
बारम्बार प्रश्न गरेँ – मेरा घरका
सामान लाने “हाम्रा बहादुरहरू को हुन् ?”
सबै मौन बसे, कोही बोलेनन्
तर, राति अँध्यारो कोठामा आई
कानमा भने, “कार्यकर्ताकै नातागोता हुन्,
केही बाहिरी मानिसहरू पनि छन् जिल्लाका
तिनीहरू सबैले घरहरू बनाए
भत्केकै घरका सामानहरू प्रयोग गरी !”
प्रिय साथी, म मौन बसेँ, किन ?
हाम्रा नेता, कार्यकर्ता र पदाधिकारीहरू
पनि पुँजीवादकै वातावरणका उत्पादन हुन् –
जात–पात नाता–गोताका मन र मस्तिष्क
अझै साँघुरा छन् ।
‘समाजवाद’ यो पुस्ताबाट सुरु हुन्छ
नयाँ पुस्ताले जग बसाल्नेछ र
नयाँ आउने पुस्ताले तल्ला थप्नेछ
भवन तयार हुन एक ‘ऐतिहासिक युग’ लाग्छ ।
८ साउन २०८३
Leave a Reply