नेपालै के कस्तो !
- आश्विन २, २०८३
बिहानीको सूर्य भई
कालो बादल हटाई उज्यालो पार्न
इलम, सीप, श्रमको दक्षता लिएर
अन्याय र दासताबाट मुक्त हुन
सधैँ सङ्घर्ष गरिरहने
हत्केलाभरि ठेला उठेर
घाउ घाउ भएर
पिठ्युँमा नोलको दाग पारेर
भोकको बेदनाले सताइरहेका पीडित ज्यामी
चुँडालेर मासु खसालेर आँसु
किसानले खन्छन् खेत
आफ्नै पौरखले स्वाभिमानी भएर बाँच्ने
युगान्तकारी परिवर्तनको लागि जीवन अर्पण गर्ने
कुटो, कोदालोको पसिना
हजारौँ श्रमको मोती दाना
भक्षकहरूले असत्य गरी चुसिराखेको
आफ्नो रगत पसिना फिर्ता लिन
विद्रोह गरिरहने श्रमिक
माटोमा लडिबुडी
परिश्रम गरिरहेको
एक एक कृषकको एकताले
फेरिन्छ देशको मुहार
मर्का, असन्तुष्टि, अभावहरूको
तपस्या सपना पूरा गर्न
मुटुभरि आड, ओठभरि ज्वाला बोकेर
अघि बढिरहेका क्रान्तिका नायक किसान
Leave a Reply