भर्खरै :

युवाहरूबिच “श्रमिक” साप्ताहिकको अन्तरक्रिया

युवाहरूबिच “श्रमिक” साप्ताहिकको अन्तरक्रिया

भक्तपुर, १७ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा शनिबार अनलाइनमा ‘श्रमिक’ साप्ताहिक पत्रिकामा प्रकाशित लेख रचनाबारे अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राख्न नेक्रायुसङ्घले छलफल र अन्तरक्रिया चालू राख्नु जरुरी छ भन्नुभयो ।
सचिव सुवालले नयाँ र पुराना शासकहरूबिच मौलिक भिन्नता नरहेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टी अगाडि नबढेसम्म देशको मुहार नफेरिनेतर्फ युवाहरू प्रस्ट हुनुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “साम्प्रदायिक विषयले देश पछाडि धकेलिन्छ, वर्गसङ्घर्षले मात्र समाजमा आमूल परिवर्तन आउनेछ । संरा अमेरिकाले नेपाली भूमिमा चीनविरोधी गतिविधि गर्दै छ, त्यसको विरोध सबै नेपाली जनताले गर्नुपर्छ ।”
सचिव सुवालले शासक दलहरूले सहिदको बलिदानलाई सम्मान नगरेको हुँदा भदौ २३ र २४ को घटना भयो, भदौ २३ गते निहत्था जनताको हत्या र भदौ २४ गते देशभरि आगजनी गर्नेहरूलाई कारबाही गराउन जनता अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घका लालबहादुर थापा, जगतराम धुख्वा, रमेश डंगोल, ज्ञानेन्द्र प्रजा, राजकुमार लघु, मुना बासुकला, सुरेन्द्र थाश्रेष्ठ, खेमराज कँडेल, हरिसुन्दर सुवाल र रणबहादुर रानाले अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *