अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– राजन फाँजू
प्रजग कोरियाली सर्वोच्च नेता किम र संरा अमेरिकी राष्ट्रपति ट्रम्पबीच आज सिङ्गापुरमा हुने शिखर वार्ता विश्व शान्तिको लागि कोशेढुङ्गा हुने कारणले विश्वभर चर्चाको विषय बनेको छ । तर नेपालमा भने फरक कारणले एउटा छुट्टै प्रकारको खुशीको तरङ्ग सिर्जना भएको देखिन्छ । वार्ता सफल वा असफल भएबाट नेपाललाई ठूलै असर पर्ने भएर खुसी भएको होइन । कुरा के हो भने सिङ्गापुर सरकारले त्यहाँको प्रहरी सेवामा कार्यरत गोर्खालीहरूलाई वार्तास्थलको सुरक्षाको लागि खटाउने भएको समाचारले कोही–कोही नेपालीको खुट्टा भुइँमा छैन । नेपाली मिडियाहरूले यो समाचार छ्यापछ्याप्ती सम्प्रेषण गरे । मानौं यो राष्ट्रिय गौरवको विषय हो । हेर नेपालीको बुद्धि ! ट्रम्प र किमबीचको वार्तास्थलमा भाडाको द्वारपाले बस्न पाएकोमा पनि यत्रो खुसी ! यो आत्मरतिमात्र हो । सिङ्गापुर सरकारले आफ्नो सुरक्षाकर्मीलाई उपल्लो तहको तालिम दिएर उच्च दक्षतायुक्त प्रहरी बनाउँदै महत्वपूर्ण घटनाको सुरक्षार्थ खटायो भने त्यो सिङ्गापुरको गर्वको विषय होला, नेपालको होइन । यो त जड्याँहा बाबुले आफ्नो नाबालक छोरालाई चिया पसलमा काम गर्न लगाएर बच्चाको आम्दानी आफै कुम्ल्याउँदै गिलास माझ्ने छोराप्रति गर्व गर्नुजस्तै हो । यसमा नेपालले गर्व गर्नुपर्ने कारण छैन । यसमा हामी बाह्र हात उफ्रेर चिच्याउनुपर्ने कुनै कुरा छैन ।
सामाजिक सञ्जालमा व्यक्तिगत टिप्पणीमात्र होइन, ‘राष्ट्रियस्तर’का नेपाली मिडियाहरूमा पनि यस्ता कुरालाई बढाइचढाइ गर्ने लहर चलेको छ । हालैमात्र एक जना नेपाली मूलका बेलायती नागरिक बेलायतको स्थानीय तहको एउटा पद (नेपालको वडा सदस्यस्तर)मा निर्वाचित हुँदा नेपालको ‘राष्ट्रियस्तर’का दैनिक पत्रिकाले प्रमुख समाचारको रूपमा छापेको थियो । कहिले बुद्ध नेपालमा जन्मेको भनेर आन्दोलन गरेर उत्पातै गर्छौं, हामी नेपाली । सगरमाथाको देश भनेर होहल्ला गर्छौं । प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल भन्दै, नेपाल जलस्रोतमा दोस्रो धनी देश भनेर खुसी हुन्छौं । तर त्यसलाई दोहन गर्न विदेशीकै मुख ताक्नुपर्छ । यी गर्व गर्नलायक चिजमा हामी नेपालीको मिहिनेत कतिको परेको छ ?
वास्तवमा यी कुनै पनि चिज हामी आफैले सिर्जना गरेका होइनौं । यसमा हाम्रो योगदान शून्यप्रायः छ । अरू कुनै काम नै नभएको जस्तो गरी त्यसैको पछि कुदिरहनु ठीक होइन । आफ्नो बलबुत्ताले गरेको काममा हामी नेपाली कहिले खुसी हुन पाउने ?
राणाहरूले पैसाको लोभमा ब्रिटिसहरूलाई खुसी पार्न बलिया बाङ्गा जति सबैलाई देशबाट खेद्दै एकछत्र राज गर्ने नियतले गोर्खा भर्ती खोलेका थिए । सांस्कृतिक स्तर नभएका, जाँडरक्सी खाएपछि एकहोरो सुरिने नेपाली यतिबेला विश्वको सामु गोर्खालीको रूपमा परिचित छन् । आणविक हतियारले सुसज्जित भएका विभिन्न मुलुकबीच शक्तिको होडबाजी भइरहेको वर्तमान विश्वमा हामी भने जाँडरक्सी खाएर मुढेबल प्रदर्शन गरेकै आधारमा आफूलार्ई बहादुर’ भनेर मख्ख पर्दैछौं । अर्कोतिर गोर्खाको चर्चा र प्रतिष्ठा अनि पैसा देखेपछि ती जाँडरक्सी खाने जात भन्नेहरू पनि गोर्खा भनेर मख्ख पर्ने गरेका छन् ।
फकल्याण्ड (माल्भिनस टापु) युद्धमा बेलायतले अर्जेन्टिनाविरूद्धमा र अहिले पनि अफगानिस्तानको भूमिमा गोर्खा सेना प्रयोग गरिरहेको छ । भारतले मित्र राष्ट्र पाकिस्तानविरूद्ध गोर्खा सेनालाई प्रयोग गरिरहेको छ । कतिसम्म भने आफ्नै छिमेकी मित्रराष्ट्र चीनविरूद्ध दोक्लाममा गोर्खा सेनालाई भारतले तयारी अवस्थामा राखेको थियो । सधैं अरूको स्वार्थको लागि प्रयोग भइरहनु गौरवको विषय होइन । अरूको भाडाको सेना भएर प्रयोग भइरहनुपर्दा पनि गर्वले छाती फुलाउँछ भने त्यो त्यही विदेशीको दलाली गर्ने शासकले फ्याकेको हड्डीमा रमाउने नै हुनुपर्छ ।
कसैले दिएको फिरौटीमा एक निर्दोष व्यक्तिको हत्या गर्नेलार्ई बहादुर’ भन्न सकिन्छ ? संयुक्त राष्ट्र सङ्घमा अर्र्जेिन्टनाका प्रतिनिधिले ‘भाडाका सिपाहीं’ भन्दै नेपालविरुद्ध बोल्दा नेपाली शासकलाई लाज लाग्नुपर्ने होइन र ? अन्तर्राष्ट्रिय खेलमा आफूले १२ गोलसम्म खाएर बेइज्जत खेप्नुपर्ने भए पनि अर्जेन्टिनाले विश्व कप जित्दा अत्यधिक खुसी हुने हामी नेपाली ।
दुई÷तीन सय युवाहरूलाई विदेशी सेनामा भर्ना हुन पाउँदा लाखौं नेपाली युवाको दिमाग बिग्रेको छ । स्वाभाविकै हो, बेरोजगार युवाले राम्रो तलबमा काम पाउने भएपछि त्यो मोहमा पर्नु ! बिचरा ती युवाले देशको इज्जत–बेइज्जबारे सोच्न सकिरहेका छैनन् । सोचेर पनि के हुन्छ ? आफ्नो छोरो विदेशी सेनामा रहेकोमा गर्वले छाती फुलाउने आफन्तको फूर्तिबाट प्रेरित भई आफ्नो छाती र उचाइ नपाउन लामबद्ध हुने युवाहरूको सङ्ख्यामा अझै वृद्धि हुनेछ । लाखौं नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुने सपना बुन्दै अरू केही काममा मन नलाग्ने भइसकेका छन् । यसको सबै दोष खुलमखुला नेपाली युवालाई विदेश पठाएर रेमिट्यान्सको भरमा देश पररिनिर्भर बनाउने शासकहरूको हो ।
हामीले बुझ्नुप¥यो, मागेर खान पल्केका दास मनोवृत्तिका शासकको कारणले हामी नेपाली विदेशीको चौकिदारी गर्नुपरेको हो । युगौंदेखि देशमा राज गर्नेहरूले देशको अन्तर्र्रािष्ट्र«य स्तरमा नै बेइज्जत गरेका छन् । ‘गोर्खा भर्तीकेन्द्र’ बन्द गर्ने विषय कहाँ पुग्यो ? देश चलाउने जिम्मा पाएका शासकले के सोच्नुपर्छ भने भाडामा नेपाली युवालाई विदेश पठाएर विश्वसामु बद्नाम हुनुको सट्टा देशमै रोजगारको सिर्जना गर्दै देश निमार्णमा लगाउनुपर्छ ।
यति हुँदाहुँदै पनि एउटा कुरा के सत्य हो भने भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा नेपालको सुरक्षा दस्तामाथि विश्वास नभएर विदेशी सेनालाई खुलमखुला मातृभूमिमा बुट बजार्न दिएर देशको बेइज्जत गरेको अवस्थाको तुलनामा भने यो समाचार सुखद् नै छ ।
Leave a Reply