रामशेखरया ख्यालः ब्वज्यामा ‘१२ बजे’ प्रस्तुत हुने
- श्रावण १९, २०८३
भक्तपुर, १८ साउन । सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सदस्यहरूको वित्तीय साक्षरता अभिवृद्धिका उद्देश्यसहित ‘बचत खेल तालिम’ सम्पन्न भयो ।
संस्थाको सभाकक्षमा १७ र १८ गते दुई दिनसम्म सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक समिति र विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी तथा केही शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिममा नेफ्स्कुनका तर्फबाट अनुभवी सहजकर्ताद्वय सुमनराज घिमिरे र सौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
सदस्यहरूलाई खेलका माध्यमबाट व्यावहारिक र रोचक ढङ्गले बजेट व्यवस्थापन, आय–व्ययको सन्तुलन, नियमित बचतको महत्व तथा ऋणको सदुपयोगबारे वित्तीय ज्ञान प्रदान गरिएको थियो ।
दुई दिनसम्म सञ्चालित उक्त तालिमको समापन तथा सहभागिताको मूल्याङ्कनपश्चात् सहभागीहरूलाई संस्थाका अध्यक्ष राजाभाइ भेलेबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थागत सुशासन र सदस्यहरूको व्यक्तिगत आर्थिक वृद्धिलाई टेवा पु¥याउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न तहबाट उत्साहजनक सहभागिता देखिएको थियो ।
सहभागीहरूले यस प्रकारको खेलमा आधारित व्यावहारिक तालिमले वित्तीय ज्ञान बुझ्न धेरै सहज भएको प्रतिक्रिया दिएका छन् ।
संस्थाले आगामी दिनमा पनि सदस्यहरूको क्षमता विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।
Leave a Reply