भर्खरै :

विश्व कपको उद्घाटनमा रोनाल्डो र विलियम्स

मस्को, ११ जुन । बिहीबारबाट शुरु हुने विश्व कप फुटबलको उद्घाटन समारोहमा ब्राजिलका चर्चित फुटबल खेलाडी रोनाल्डो र बेलायतका पप स्टार रोब्बी विलियम्स सहभागी बन्ने भएका छन् । उद्घाटन समारोहमा रुसी लोकगायिका एड्डा गारिफुलानियाले आफ्नो गीत प्रस्तुति गर्ने फिफाले सोमबार बताएको छ । उद्घाटन समारोह मस्कोको लुझनिकी रङ्गशालामा हुनेछ । विश्वकपअन्तर्गत शुरुको खेल रुस र साउदी अरबबीच हुने बताइएको छ ।
यसअघिका विश्व कपको उद्घाटन कार्यक्रमभन्दा फरक रुस विश्व कपको उद्घाटन मात्र आधा घण्टाको हुनेछ । आधा घण्टाको कार्यक्रममा मूलतः साङ्गीतिक प्रस्तुतिहरु हुनेछन् ।
८० हजारभन्दा दर्शकहरुले उद्घाटन समारोह प्रत्यक्ष रुपमा हेर्नेछन् भने करोडौं जनताले विभिन्न टेलिभिजन च्यानलमार्फत् सो खेल हेर्नेछन् ।
‘आगामी चार हप्तामा के के हुनेछ, कसैलाई थाहा छैन । तर सबैलाई थाहा भएको एउटा कुरा के हो भने यो चार हप्तामा जे हुँदैछ, त्यो स्मरणीय हुनेछ ।’, रोनाल्डोले भने ।
‘निसन्देह यो क्षण आयोजकहरुको लागि भावुक क्षण पनि हुने गर्दछ । लामो समयको कडा मिहिनेतपछि अचानक संसारभर आफ्नै आँगनमा जम्मा भएर फुटबलप्रति आफ्नो प्रेम पोख्ने गर्दछन् । चार वर्षअघि मैले ब्राजिलमा त्यही महसुुस गरेको थिएँ । आज म त्यही भावना रुसीहरुसँग बाँड्न पाउँदा खुशी छु ।’, उनले भने ।
उद्घाटन समारोहमा रोनाल्डोले के गर्नेछन् भन्ने बारेमा केही कुरा बाहिर ल्याएको छैन ।
‘हामी सबै फुटबल र सङ्गीतप्रेमीहरुलाई रुसमा हामीसँग रमाउन आमन्त्रण गर्दछौं । रङ्गशाला वा टीभी च्यानलमार्फत् । शुरु हुन भन्दा केही समय अगावै । त्यो अविस्मरणीय प्रस्तुत हुनेछ ।’ पप स्टार विलियम्सले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *