नेपालभाषाको कथासङ्ग्रह ‘पखः’ को विमोचन
- श्रावण २३, २०८३
भक्तपुर, १९ साउन । नाट्यकर्मी समाजको आयोजनामा गत साउन ९ देखि १९ गतेसम्म रामशेखरया ख्यालः ब्वज्या आस्था थियटर लिबालीमा मङ्गलबार सम्पन्न भयो ।
उक्त एघारदिने ख्यालः ब्वज्याः मा नेपालभाषाका हास्यव्यङ्ग्य साहित्यकार, कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित ९ ख्यालः नेपालभाषामा देखाइएको थियो भने ‘तन्त्र टाब्लेट’ नामक ख्यालः नेपालभाषा र नेपाली भाषामा मञ्चन गरिएको थियोे ।
ख्यालः सम्पन्न भएपछि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वर्गीय समाजको यथार्थबारे नाटक, ख्यालः गजल तथा गीतजस्ता साहित्यहरू रचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेमकिपाका केन्द्रीय अध्यक्षद्वारा रचित ‘जनताको साहित्य र साहित्यकार’ बारे नयाँ पुस्ताले अध्ययन गर्न जोड दिनुभयो ।
उहाँले साहित्य समाजको सेवाका लागि आवश्यक भएको स्पष्ट पार्दै माक्र्सवादी साहित्य नयाँ पुस्ताले बुझ्न आवश्यक छ भन्नुभयो ।
उक्त प्रदर्शनमा पहिलो दिन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ‘खेल खत्तम’, दोस्रो दिन ख्वप कलेजको ‘छेरावती द्यः’, तेस्रो दिन स्टार वाचनालयको ‘१२ बजे’, चौथो दिन बहुरङ्गी रङ्गकर्मी समूहको ‘खुँयाता ज्वँ ज्वँ’, पाँचौँ दिन बाल विकास इङलिस सेकेन्डरी स्कूलको ‘तन्त्र टाब्लेट’ नेपाली भाषामा, छैटौँ दिन प्रभात इङलिस सेकेन्डरी स्कूलको ‘खुँ’, सातौँ दिन श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ‘तन्त्र टाब्लेट’, आठौँ दिन नेक्राविसङ्घ भनपा १ को ‘टुरिस्ट गाइड’, नवौँ दिन सहिद निर्मल–पुष्प स्मृति वाचनालयको ‘अस्पतालया जा’, दसौँ दिन जेँला सांस्कृतिक समाजको ‘रानी पुखु’ तथा अन्तिम दिन पुनः स्टार वाचनालयको ‘१२ बजे’ नामक ख्यालः मञ्चन गरिएको थियो ।
स्टार वाचनालयले प्रस्तुत गरेको उक्त ख्यालको किशोर गोसाईले निर्देशन गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखुले गर्नुभएको थियो ।
ख्यालः प्रदर्शनपछि कलाकार आशकाजी थकुले मुनासः को ख्याल प्रतियोगितामा सहभागिता जनाएको स्मरण गर्दै ख्याल निर्माणको पृष्ठभूमिबारे जानकारी दिनुभयो ।
ख्यालः को अवलोकनमा लागि कीर्तिपुर, बोडे तथा पनौतीका दर्शक, विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, समालोचक, साहित्यप्रेमी, अभिभावक परिवारसहित दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
Leave a Reply