भर्खरै :

बधाई, शुभकामना तथा मार्गदर्शन कार्यक्रम

बधाई, शुभकामना तथा मार्गदर्शन कार्यक्रम

भक्तपुर, २१ साउन । द राइजिङ इङलिस सेकेन्डरी स्कूल याछेँद्वारा आयोजित एसईई परीक्षा २०८२ मा उत्तीर्ण छात्र तथा छात्राहरूलाई बधाई, शुभकामना तथा मार्गदर्शन कार्यक्रम आइतबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाभित्रका विद्यार्थीहरू कोही पनि आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले छात्रवृत्ति र सहुलियत ब्याजदरमा शैक्षिक कर्जा दिँदै आएको बताउनुभयो ।
उहाँले उच्च शिक्षाको लागि सोचविचार गरेर विषय छान्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिका कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य रोशनमैँया सुवालले उत्तीर्ण विद्यार्थीलाई बधाई एवं उच्च शिक्षाको लागि मार्गदर्शन गर्नुभयो ।
विद्यालयका संस्थापक निर्देशक कपिल बनेपालीले विद्यार्थीले सुन्दर भविष्यको लागि अपनाउनुपर्ने मार्गका बारेमा प्रकाश पार्नुभयो ।
विद्यालयका प्रधानाध्यापक चण्डिका कायस्थको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभिभावक–शिक्षक सङ्घका अध्यक्ष किशोर सुवाल, शिक्षकद्वय इन्द्र फोजु र मन्दिर प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *