भर्खरै :

राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न अन्तरक्रिया आवश्यक

राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न अन्तरक्रिया आवश्यक

भक्तपुर, २२ साउन । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न अन्तरक्रिया गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै विश्वमा शोषकवर्ग र शोषितवर्गबिच द्वन्द्व भइरहेको हुन्छ भन्नुभयो । हामीले शोषितवर्गको हक अधिकारको पक्षमा काम गर्दै आएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवादलाई टेवा पु¥याउने काम सरकारले गरिरहेको बताउनुभयो ।
आ–आफ्नो पेसामा मेहनत गरेजस्तै ‘मजदुर’ र ‘श्रमिक’ पत्रिकालगायत ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ जस्ता पुस्तकहरू अध्ययन गर्नुपर्ने आवश्यकता सचिव सुवालले औँल्याउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले कार्यकर्ताहरू सदैव दमकल र एम्बुलेन्स सरह तयारी अवस्थामा रहनुपर्छ भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले पत्रिका अध्ययन गर्नु आफूमा थप ऊर्जा प्रदान गर्नु हो भन्नुभयो ।
सङ्घका अध्यक्ष विष्णुराम दुमरुले मजदुरहरूको बौद्धिक स्तर र व्यक्तित्व विकास गर्न अन्तरक्रियाजस्ता कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घका सचिव रमेश दुमरु, विक्रम ढुकुछु, गणेशप्रसाद सुवाल, पुण्यराम न्हुछे, रामसुन्दर सुवाल, पञ्चरत्न सैंजू, रामकृष्ण बखुन्छेँ र राजेश बुयोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *