डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम उद्घाटन
- श्रावण १७, २०८३
भक्तपुर, साउन २२ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगरपालिका–५ चासुखेल समितिको आयोजनामा सञ्चालन गरिएको पाँचदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
समापन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृत्रिम बुद्धिमत्ता आधुनिक प्रविधिको महत्वपूर्ण उपलब्धि भए पनि यसको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताउनुभयो ।
उहाँले एआईले कामलाई छिटो, सहज र प्रभावकारी बनाए पनि केही क्षेत्रमा रोजगारीमा चुनौती सिर्जना गरेको उल्लेख गर्नुभयो ।
उहाँले एआईबाट प्राप्त जानकारीमा मात्र निर्भर नपरी विषयवस्तुको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकबाट मात्र नभई विद्यार्थीले पनि विभिन्न स्रोतबाट अध्ययन गर्ने प्रवृत्ति बढेको छ† शिक्षा, अनुसन्धान, दैनिक जीवन तथा इन्जिनियरिङलगायत विभिन्न क्षेत्रमा एआईले सहयोग पु¥याइरहेको उल्लेख गर्दै आधारभूत तालिमपछि थप उन्नत (ब्मखबलअभम) तालिममार्फत आफ्नो सीप अभिवृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले एआईलाई सही ढङ्गले प्रयोग गरे व्यक्तिको क्षमता अभिवृद्धिसँगै समाज र राष्ट्रको विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना दिनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले एआई सबथोक नभई मानिसले आफ्नो कामलाई सहज बनाउन प्रयोग गर्ने माध्यम भएको बताउनुभयो । “हामीले एआईलाई प्रयोग गर्ने हो, एआईले हामीलाई प्रयोग गर्ने होइन ।” भन्दै उहाँले एआईबाट फेक इन्फर्मेसन र फेक न्युज फैलिन सक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । तथा एआईलाई राम्रो र सिर्जनात्मक कार्यमा सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेमकिपा वडा नं. ५ चासुखेल समितिका अध्यक्ष सम्झना खाइजुले सूचना प्रविधिको युगमा युवा पुस्ताले कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान र सीप हासिल गर्नु अपरिहार्य भएको बताउनुभयो ।
तालिमका प्रशिक्षक श्रीराम कासिछ्वाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) प्रविधिको जिम्मेवारीपूर्ण, सिर्जनात्मक र प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले ब्क्ष् प्रविधि तीव्रगतिमा विकसित भइरहेकोले तालिममा सिकेका विषयलाई निरन्तर अभ्यास र अध्ययनमार्फत थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । ब्क्ष् लाई मानिसको विकल्पका रूपमा नभई कामलाई सहज, छिटो र गुणस्तरीय बनाउने सहयोगी उपकरणका रूपमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साउन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तालिमको सो समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो
प्रशिक्षार्थीको तर्फबाट एन. बी. खाताखो र पुजन मचामसीले आफ्नो अनुभवबारे बोल्नुभएको थियो । नेक्राविस भक्तपुर नगरपालिका–५ चासुखेल समितिका अध्यक्ष अनिशा ढुकुछुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आशिका माकले पनि बोल्नुभएको थियो ।
Leave a Reply