भर्खरै :

युवाहरूबिच ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया

युवाहरूबिच ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया

भक्तपुर २२, साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिद्वारा शुक्रबार श्रमिक साप्ताहिक पत्रिकामा प्रकाशित लेख रचनाबारे अन्तरक्रिया सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले पार्टी प्रकाशनको अन्तरक्रिया तथा छलफल कार्यक्रमले युवाहरूमा पठन संस्कृतिको विकास हुने उल्लेख गर्दै नयाँ पुस्तालाई लागूपदार्थ दुव्र्यसनी र अपराधजन्य क्रियाकलापबाट जोगाएर देश र जनताप्रति जिम्मेवार बनाउनु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष फोजुले भन्नुभयो, “अमेरिकी साम्राज्यवादको साथ र सहयोगमा निर्वाचन जितेर सरकारमा पुगेको रास्वपाले नेपाली जनताको टाउकोमा करको भार थोपरेको छ । दलाई लामाका समर्थकहरूलाई चलखेल गर्ने अवसर दिएर नेपालको एक चीन नीतिविरुद्धको गतिविधिमा सरकार मौन बसिरहेको छ । यसले नेपालको सार्वभौमिकता धरापमा पर्ने भएकोले युवाहरू सचेत हुनु जरुरी छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले साम्राज्यवादी अमेरिकाद्वारा प्रायोजित रङ्गीन क्रान्तिले विश्वका विभिन्न देशमा ‘छद्म युद्ध’ सञ्चालन गरिहेकोतर्फ युवाहरू चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष एल. एन. एल.को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एस. डी., सरोज तामाङ, केएच पी, सुशान्त सुवाल, सुजन दुवाल, बासुदेव घोरसाइनेलगायतले अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *