बुक क्लव भक्तपुरको नियमित अन्तरसंवाद
- श्रावण २४, २०८३
काठमाडौँ, २४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम आइतबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भदौ २३ र २४ गतेको घटनामा देशको धेरै सम्पदा र सम्पत्ति जलाउनुमा नेपालीहरूको तागतले सम्भव नभएको र त्यसमा अमेरिकी र भारतीय शासकहरूको हात रहेको समयक्रममा पुष्टि हुँदै जाने बताउनुभयो ।
अहिलेको सरकारका गतिविधिहरूले यो कुरा पुष्टि हुँदै आएको छ । बालेन्द्र सरकारले तिब्बतबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्न दिएको ‘एक चीन नीति’ विपरीत छ । देशघाती एमसीसी र एसपीपीको विरोध सरकारले गर्न सकेन, उहाँले भन्नुभयो ।
देशमा सहकारी पीडितहरूको सङ्ख्या धेरै रहेको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले किसान सङ्घले सहकारी पीडितहरूको समस्याबारे अध्ययन गरेर जनतालाई सङ्गठित गर्नु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्तमान सरकार पनि पुँजीपतिहरूको सरकार भएकोले गरिब किसानहरूको हितमा नभएको कुरा शिक्षा, स्वास्थ्य र विद्युत्मा कर लगाएबाट पुष्टि हुन्छ ।”
नेक्राकिसङ्घका केन्द्रीय सदस्य राजवीर डंगोलले टोखाका किसानहरूले विगतमा गरेको आन्दोलनबारे स्मरण गर्दै वर्तमान समयमा पनि किसान सङ्घको अगुवाइमा आन्दोलन अगाडि बढाउनुपर्ने बताउनुभयो ।
छायादेवी कम्प्लेक्स भत्काउन माग गर्दैै गरेको आन्दोलनबारे चर्चा गर्दै उहाँले सरकारले छायादेवी कम्प्लेक्सलाई भत्काएर कमलपोखरी नबनाएसम्म आन्दोलन चालू रहने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका सभापति गोविन्द दुवालले विगतको समयमा भएको विभिन्न किसान आन्दोलनले गर्दा किसानहरूको आर्थिक अवस्था सुदृढ भएको चर्चा गर्दै वर्तमान समयमा किसान आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकालाई इजरायलले युद्धमा पराजित अवस्थामा पु¥याएको चर्चा गर्दै सङ्गठित इरानी जनतासामु अमेरिकी सरकार झुक्न बाध्य भएको बताउनुभयो ।
देको–मिवा–इतापाके आवास योजना भनपाले व्यवस्थित बसोबासको लागि सञ्चालन गरेको चर्चा गर्दैै उहाँले आवास योजनाको नाममा पार्टीलाई बदनाम गर्न खोजेको हुँदा सबै जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य विश्वनाथ प्रजापतिले विगतमा किसानहरूको नाजुक आर्थिक अवस्थाको चर्चा गर्दै हाल किसानहरूको आर्थिक र सांस्कृतिक अवस्था राम्रो भएको बताउनुभयो ।
कार्यक्रममा हरिशरण श्रेष्ठ र वन्दना श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply