भर्खरै :

शासक दल र नेताहरूका कारण देश जटिलतामा

शासक दल र नेताहरूका कारण देश जटिलतामा

भक्तपुर, २४ साउन । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा समसामयिक राजनीति र नगरपालिकाको गतिविधिबारे जानकारी गराउने उद्देश्यले शनिबार वडावासीहरूको भेला भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले पैतीस वर्षयता सरकारमा गएका दल र तिनका नेताहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा भदौ २३ र २४ गतेको उपद्रव गर्ने र गराउनेहरूलाई मौका मिलेको हो भन्नुभयो ।
“अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहयोगमा सरकारमा पुग्नेहरूलाई तिनीहरूले नै सत्ताबाट निकाल्ने छन् । संसारमा देखिएको उदाहरणले यही पुष्टि गर्छ”, उहाँले थप्नुभयो ।
नेमकिपा वडा नं. ६ एकाइ समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीले अग्रज पार्टी कार्यकर्ताहरूको योगदानबारे नयाँ पुस्तालाई सुसूचित गर्नु जरूरी भएको बताउनुभयो ।
वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले विगतका किसान आन्दोलनको कारण किसानहरूको आर्थिक अवस्था राम्रो भएको बताउनुभयो ।
भनपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले धर्मको नाममा जनताको बिचमा गलत प्रचार गर्दै आएकोले जनता सचेत हुनु जरूरी छ भन्नुभयो ।
वडाध्यक्ष हरिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *