बुक क्लव भक्तपुरको नियमित अन्तरसंवाद
- श्रावण २४, २०८३
भक्तपुर, २४ साउन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा नयाँ सदस्यहरूलाई संस्थाको आर्थिक तथा सामाजिक क्रियाकलापहरूको जानकारी गराउने तथा सहकारीको अवधारणा, सिद्धान्त र मूल्य मान्यताको जानकारी गराउने उद्देश्यले शनिबार शिक्षा शिविर कार्यक्रम भयोे ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले वर्तमान समयमा सहकारी संस्था नियामक निकायको निर्देशनमा सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै संस्थालाई निरन्तर अगाडि बढाउन विगतका दिनमा भन्दा अझ क्रियाशील लगनशील भई समयको मागअनुसार राज्यको नीति र व्यवस्थाअनुरूप संस्था अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले संस्थाले सहकारी नियमन प्राधिकरणको निर्देशनअनुसार संस्थाको नीति नियम परिमार्जन गरी त्यसको कार्यान्वयनको लागि संस्थाले पाइला अगाडि चालिसकेको जानकारी गराउनुभयो ।
उहाँले अब संस्थालाई राम्रो बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने र सोहीअनुसार संस्थाको पुँजी र सदस्य सङ्ख्या बढाउनुभन्दा पनि आन्तरिक सुशासन, पारदर्शिता र सदस्यहरूको सन्तुष्टिलाई प्राथमिकतामा राखी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जूले संस्थाको सङ्क्षिप्त परिचयका साथै संस्थाको विद्यमान नीति र संस्थाले हाल प्रदान गर्दै आइरहेको सेवा सुविधाको बारेमा विस्तृत रूपमा जानकारी गराउँदै संस्थाले आर्थिक क्षेत्रलाई मात्र नसमेटी सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न खालका सामाजिक गतिविधि, सीपमूलक तालिम सञ्चालन गरी संस्था अघि बढिरहेको बताउनुभयो ।
संस्थाका सचिव एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले सहकारी शिक्षाले सदस्यहरूको चेतना अभिवृद्धि गर्ने र संस्थाप्रतिको अपनत्व बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्था नाफा कमाउने माध्यम मात्र नभई सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खम्बा भएको धारणा राख्नुभयो । संस्थालाई अझ विकास गर्नको लागि सदस्यहरू शिक्षा शिविरमा मात्र नभई नियमित रूपमा सहकारीको बारेमा जानकारी लिई संस्थाले सञ्चालन गर्ने क्रियाकलापमा सहभागी भई सहयोग गर्न अनुरोध गर्नुभयो ।
शिक्षा उपसमितिका सदस्य दीपेन्द्र प्रजापतिले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य जयराम कोजुले स्वागत मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply