हाम्रो प्राथमिकता पहिल्याउनु आवश्यक
- श्रावण २५, २०८३
चीनको उहानमा सन् २०१९ मा कोभिड देखिएको आशङ्कालगत्तै चीनले विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गरायो । विश्व स्वास्थ्य सङ्गठनले आवश्यक अनुसन्धान गरी कोभिड–१९ भाइरस फैलिएको पत्ता लगायो । चीनले यो भाइरस नियन्त्रणमा आवश्यक सहकार्य गर्न संरा अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह ग¥यो । त्यतिबेला ट्रम्प सन् २०१९ मा हुने अमेरिकी राष्ट्रपति चुनावको दोस्रो कार्यकालमा जित्ने मनसायबाट प्रचारमा थिए । त्यसकारण, ट्रम्पले चीनको आग्रहलाई बेवास्ता गरे । अन्ततः कोभिड–१९ भाइरस संसारभरि फैलियो । जनधनको अपूरणीय क्षति भयो । यो क्षतिको मूल्याङ्कन मौद्रिकमा गर्नसक्ने अवस्था छैन । ट्रम्प दोस्रो कार्यकालमा राष्ट्रपति भएनन् । डेमोक्रेटका बाइडेन राष्ट्रपति निर्वाचित भए ।
चीनले यो भाइरस संरा अमेरिकामा नै उत्पत्ति भएको बताएको थियो । तर, ट्रम्पले आफ्नो सरकारको कमजोरी लुकाउन कोभिड–१९ भाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ को कल्गी लगाई प्रचार गराए । त्यतिबेला उहानमा पुगेका अमेरिकी सेनाले यो भाइरस फैलाएको चीनको मत थियो । अहिले आएर चीनको मत सत्य साबित भयो । त्यतिबेला ट्रम्पले कोभिड–१९ महामारीलाई सामान्य रुघाखोकी भनी बेवास्ता गर्दा संसारका अन्य जनतासँगै धेरै अमेरिकी नागरिक यो भाइरसको सिकार भएका थिए । भारतका प्रधानमन्त्री मोदीसमेत थाल ठटाएर र साँझ बत्ती निभाएर कोरोना भाइरस भगाउने अन्धविश्वासमा लागेका थिए ।
‘नयाँ पत्रिका’ दैनिक २०८३ साउन २५ गतेको अङ्कमा प्रकाशित भयो, “अमेरिकी पूर्ववरिष्ठ स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले चीनको उहानस्थित प्रयोगशालामा कोभिड–१९ को भाइरस बनाएर महामारी फैलाउन सघाएका थिए । अहिले यही आरोपमा फाउचीमाथि अमेरिकी सङ्घीय एजेन्सीले अनुसन्धान गरिरहेको छ ।” यो समाचारले चिनियाँ सरकार र अमेरिकी स्वास्थ्य अधिकारी फाउचीबिच मिलेमतो भएको देखाउँछ । तर, चिनियाँ अधिकारीहरू कुनै अमेरिकी अधिकारीसँगको मिलेमतोमा कोभिड–१९ भाइरस उत्पादन गर्ने जनद्रोही काममा लागे वा थिएन, छैन ।
संरा अमेरिकाको पब्लिक रिलिजन रिसर्च इन्स्टिच्युटको अनुसन्धानअनुसार कोभिड–१९ भाइरसलाई वैज्ञानिकले जानाजान प्रयोगशालामा विकास गरेको ३९ प्रतिशत अमेरिकीको विश्वास रहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । यस्ता जनद्रोही कोभिड–१९ भाइरस संरा अमेरिकी साम्राज्यवादका नेता र तिनका कठपुतली देशका शासकहरूले मात्रै आ–आफ्ना प्रयोगशालामा जानाजान उत्पादन गर्न निर्देशन दिन सक्छन् । चीनको राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणअनुसार त्यहाँका अधिकारीहरू यस्तो जनद्रोही भाइरस उत्पादनमा लाग्ने अवस्था थिएन, छैन । बाइडेनले फाउचीलाई आममाफी दिएर कोभिड–१९ भाइरस उत्पादनमा संलग्नताबाट मुक्त गरेको घटनालाई चीनसँग जोड्न खोज्नु गलत हो ।
अमेरिकी साम्राज्यवाद र योसँग सैन्य गठबन्धन गर्नेहरूले सन् १९५०–५३ सम्मको कोरिया युद्ध, सन् १९५५–१९७५ सम्म भियतनाम युद्धमा जिवाणु युद्ध गरेका थिए । संरा अमेरिकी सरकार एक ध्रुवीय नीति अर्थात् ‘संसारमा आफै पहिलो हुनुपर्ने’ नीतिमा छ । यो नीति कायम गर्न अमेरिकी शासकहरू आफ्नो अनुकूल नबस्ने देशका नेताहरूविरुद्ध विद्रोह, नाकाबन्दी, भन्सार करलगायत हत्यासमेतको उपाय लगाउँछन् ।
अफ्रिकी देश कङ्गोमा सन् २०१४ मा इबोला भाइरस देखिएको हो । सन् २०१८ मा पनि देखिएको इबोला भाइरसले यतिबेला गएको ११ सातामा १५ सय बढी कङ्गोवासी मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले बतायो । विश्व स्वास्थ्य सङ्गठन कोभिड–१९, इबोलालगायत भाइरस नियन्त्रणमा लागेको अमेरिकी सरकारहरू रुचाउँदैनन् र यो सङ्गठनलाई बजेट रोकेर मानवताविरोधी काम गर्दै छन् ।
Leave a Reply