बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
“सदाचारको टापु” भनेर विश्वमै सुविख्यात यस भक्तपुर नगरपालिका आकारमा सानो भए पनि यसको संस्कृति र सम्पदाले विशालता प्रदर्शन गरिरहेको छ ।
देश र जनताप्रति जवाफदेही भएर निरन्तर लागिरहेको भक्तपुर नगरपालिकाले नक्सा पासमा सही कार्य गरिरहे पनि केही आलोचित हुनु परेको छ ।
भनपा अहिले नक्सा पाससम्बन्धी मापदण्ड परिमार्जन गर्ने तयारीमा रहेकोले केही जिज्ञासा उल्लेख गरेका छौं ।
१. नक्सा दर्ता गर्ने प्रक्रिया वडा÷वडामै विकेन्द्रीत गर्नु उपयुक्त हुन्छ । मानौं नगरपालिकाको नक्सा शाखामा ३ जनाले प्रतिप्राविधिक ५ वटामात्र नक्सा दर्ता गरे पनि १५ वटा नक्सा प्रक्रियामा अघि बढ्छ । यदि वडा वडामा नक्सा दर्ता गर्ने हो भने १० वटा वडामा प्रतिवडा २ वटा दर्ता भए २० वटा नक्सा दर्ता हुने देखिन्छ । यसले गर्दा नक्सा शाखामा सेवाग्राहीको चाप पनि कम हुनेछ । नक्सा पास हुने प्रक्रिया पनि छिटो हुनेछ ।
२. नक्सा दर्ता हँुदा ६ प्रति नक्सा प्रिन्ट पहिले गरी २–४ प्रति वडामा पठाइन्छ र त्यहाँ पुनः प्रिन्ट गराउँदा खर्च बढी हुन्छ वा भएको छ । यसमा नपामा नक्सा दर्ता गर्दा २ प्रति मात्र प्रिन्ट गरे पुग्ने व्यवस्था भए वडामा फेरि नक्सा प्रिन्ट गर्नु परे पनि कममात्र खर्च लाग्ने छ ।
३. भक्तपुर नपामा किसानहरूको बाहुल्यता भए पनि बिस्तारै भनपाको मुख्य आयस्रोतमा पर्यटन व्यवसाय पनि हुनेछ । भविष्यमा विदेशी पर्यटक हाम्रो सम्पदा र संस्कृति अवलोकन गर्न अझ बढी आउने छन् । तर हाम्रो मौलिक संस्कृतिको रुपमा रहेको स्लोप छाना राख्ने सेवाग्राही धेरै कममात्र रहेका छन् । भक्तपुरको मौलिक संस्कृतिको झ्याल ढोका राख्न ७५ प्रतिशत सहुलियत दिएजस्तै (हाल ३५ प्रतिशत मात्र छ) स्लोप छाना राख्न पनि त्यस्तै सहुलियत दिने हो कि ? वा नक्सा पास नै स्लोप छाना राखेपछि दिनेभन्दा सेवाग्राहीहरूलाई अलि असुविधा होला तर पछि स्लोप छाना राख्नेको सङ्ख्या बढ्नेछ ।
४. मापदण्ड पुस्तिकाको ३.२.(२.१५) मा पुरानो नगर क्षेत्रभित्र पाँच तलासम्म पास गर्ने भनिए पनि नक्सा पास गर्ने गरिएको छैन । कि ५ तलासम्म (तलाको ७ उचाइ राखेर) नक्सा पास गर्नुप¥यो । नभए स्पस्ट ४ तला र भ¥या· छोप्ने भनेर उल्लेख गर्नुपर्छ ।
५. व्यापारिक क्षेत्रमा ३.२.(४.११) मा बार्दली राख्ने व्यवस्था सेटव्याक छाडेकोमात्र पाइने उल्लेख छ । केन्द्र रेखाबाट २.५÷३ मिटर छोडेकोमा पाइने कि नपाइने ?
६. सैंजु डेरीबाट कालिका डेरी जाने बाटोमा चाँगु नपामा (जुन अहिले पनि उत्तरतर्फ गोरेटो जस्तै मात्र छ ।) केन्द्ररेखाबाट ४.५ मिटरमात्र रहेको छ तर हाम्रो भनपामा केन्द्ररेखाबाट ७.५ मिटर अन्याय नै भएन र ? कि त त्यसको आवश्यकताबारे स्पष्ट गरिदिनुप¥यो !
७. पुरानो नगर क्षेत्रमा व्यक्तिगत आवासीय भवनहरूको खाली जग्गामा ९० प्रतिशत कभरेज दिइएको छ । यदि त्यही जग्गामा प्रायोजना फरक भई संस्थागत भवन बनाउन परेमा ९० प्रतिशत पाउने कि नपाउने ?
त्यस्तै पुरानो नगर क्षेत्र/विश्व सम्पदा क्षेत्रमा भवन बनाउन (०–२—२–०) सम्म ८० प्रतिशत दिइएकोमा त्यसलाई बढाएर ९० प्रतिशत कभरेज दिने पो हो कि !
८. विशेष व्यवस्थाको ३ नम्बर बुँदामा सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रमा दायाँ बायाँ नक्सा पास भएर घर बनिसकेको हकमा घर लाइन दिएजस्तै अरु क्षेत्रमा दिने भनिए पनि अरु क्षेत्रमा किन नदिएको होला ?
९. विश्व सम्पदा क्षेत्रमा FAR भनपामा नभए पनि पुरात्वत विभागमा ँब्च् को कुराले नक्सा पास गर्न धेरै झन्झट भएकोमा भनपाले विशेष पहल गरेर FAR हटाउन पहलकदमी गर्ने हो कि ? अझै FAR को परिभाषा पुरातत्व र In general फरक भएको देखिन्छ ।
१०. पुरानो नगर क्षेत्रमा भुइँ तलामा तीनमुखे झ्याल वा बेजोरमुखी झ्याल राख्न तथा ढोकामा भेन्टिलेशन राख्न पाउने व्यवस्था गर्न मिल्ने कि नमिल्ने ?
११. कुलो बाटो जोडिएको बाटोको हकमा दुबै जोडिएर केन्द्ररेखाबाट मापदण्ड कायम गर्नुपर्ने ।
१२. पुरानो नगर क्षेत्रभित्र हरियाली बढाउन सार्न मिल्ने ठूल्ठूला कङ्क्रिटका गमला (बुट्टेदार) बनाई रुखहरू रोप्ने व्यवस्थाको पहल प्रत्येक वडा/वडामा गर्नुपर्ने देखिन्छ ।
–शिवराम, सुनिल र पान सिंह
Leave a Reply