भ्रष्टाचार नियन्त्रण र सुशासनको सवाल
- श्रावण २५, २०८३
भक्तपुर, २९ साउन । ख्वप मा.वि. तथा ख्वप कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूमध्ये बढुवा भएका शिक्षक तथा कर्मचारीहरूलाई बधाई ज्ञापन एवं बढुवा पत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय/कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बधाई ज्ञापन गर्दै बढुवासँगै जिम्मेवारी पनि बढ्ने भएकोले जिम्मेवारीलाई शैक्षिक सुधारमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
विद्यालय/कलेज स्थापनाको उद्देश्यलाई सबै मिलेर पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले आइतबारको शैक्षिक बिदालाई शैक्षिक उन्नयनको लागि उपयोग गर्न सुझाव दिनुभयो ।
कलेज/विद्यालय सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले ख्वप सर्कलका शैक्षिक संस्थाहरूलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
“शिक्षण पेसा आदर्श पेसा र नयाँ पुस्तालाई बाटो देखाउने पेसा भएकोले शिक्षकहरू अझ सुसंस्कृत र इमानदार हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र शिक्षक गोकर्ण दुलालले बढुवा भएका शिक्षकहरूलाई बधाइ ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply